स्थानीयद्वारा नगरपालिकाको कार्यालयमा तालाबन्दी

0
Shares

इन्द्र गिरी, संखुवासभा
संखुवासभाको मादी नगरपालीकाको कार्यालयमा स्थानियवासीले आज तालाबन्दि गरेका छन । ओखरबोटे मुलखर्क मंगलबारे सडक निर्माणकालागी आम उपभोक्तालाई थाहै नदिई सडक निर्माण समिति गठन गरेको भन्दै स्थानियवासीले आज नगरपालीकामा तालाबन्दि गरेका हुन ।

सडक निर्माण समिति गठनको विरोधमा नगरपालीकामा तालबन्दि पछि आज दिनभर नगरपालीकाको काम प्रभावित भएको छ । नगरपालीकाका प्रमुख लगायतको मिलेमतोमा समिति गठन गरिएको स्थानिय सडक उपभोक्ताहरुको आरोप छ ।

नगरपालीकाले कसैलाई थाहानै नदिई उपभोक्ता समिति गठन गरिएको र आम उपभोक्ताको भेलाबाट सडक निर्माण समिति गठन गर्नु पर्नेे माग राख्दै उपभोक्ताले मादी नगरपालीकाको कार्यालयमा ताला बन्दि गरेका स्थानिय रामकुमार जिमिले बताउनु भयो । उहाले नगरपालीकाबाट गोप्य रुपमा एकलौटी सडक निर्माण समिति गठन गरिएकोमा स्थानियवासीले आक्रोसीत रहेका र नगरबाट सञ्चालीत सडक निर्माणका योजनाहरु दलिय भाग बण्डा गरि बाडफाड गर्न शुरु गरेको आरोप लगाउनु भयो ।

मादी नगरपालीकाबाट यहि भदौ ९ गते कसैलाई जानकारी नदिई गठन गरिएको उपभोक्ता समिति खारेज गरि आम उपभोक्ताको भेलाबाट समिति चयन नगरे सम्म तालाबन्दि जारी रहने स्थानियवासीले बताएका छन । नगरपालीकाबाट यस आर्थिक वर्षमा ओखरबोटे मुलखर्क मंगलबारे १८ किलोमिटर सडक स्तर उन्नतिकोलागी ५४ लाख रुपैया बजेट विनियोजन गरेको थियो ।

यसै विच मादी नगरपालीकाबाट यस आर्थिक वर्षमा ४ वटा सडक स्तर उन्नतिकालागी बजेट विनियोजन गरिएको र ओखरबोटे मुलखर्क मंगलबारे सडक , ओखरबोटे छहरे मावादिन सडक, ओखरबोटे बाघा फाविङ नुनढाकी सडक र आहाले उम्लिङ सडक निर्माणमा उपभोक्ता समिति गठनमा कसैलाई थाहै नदिई गोप्य रुपमा समिति गठन गरिएकोमा नेपाली काग्रेसले एक विज्ञप्ती प्रकाशित गदै विरोध जनाएको छ ।