इनोभेसन कक्षाको उद्घाटन

0
Shares

स्याङ्जा, (नेस)
स्र्माट वालिङको निर्माणमा अगाडि बढेको वालिङमा ईनोभेसन कक्षा समेत सुचारु भएको छ । स्र्माट वालिङका विभिन्न १९ सुचकमध्ये ईनोभसन पनि एक सुचक हो । नेपाललाई उच्च प्रविधि हस्तान्तरण गर्ने उद्देश्यले नगरपालिकामै इनोभेसनको कक्षा सुचारु गरिएको नगरप्रमुख दिलिपप्रताप खांणले बताउनुभयो । प्रमुख खांणले विभिन्न किसिमका दक्ष जनशक्ति स्थानीय स्तरमै उत्पादन गर्ने उद्देश्यले यसको कक्षा शुरु गरेको जानकारी दिनुभयो ।

पहिलो चरणमा नगरपालिकाका ३ वडाका १० विद्यालयका ५÷५ जना विद्यार्थीका दरले ५० जना विद्यार्थीहरुलाई प्रशिक्षण शुरु गरिएका छ । वडा नं. ८, ९ र १० का १० विद्यालयबट ५० जनालाई १ वर्षको प्रशिक्षण दिने र विद्यार्थीहरुलाई १ वर्षे कोर्षमा ६ महिना सैद्धान्तिक र ६ महिना प्रयोगात्मक प्रशिक्षण दिईने प्रमुख खांणको भनाई छ ।

ईनोभेसन कक्षाको उद्दघाटन गर्दै प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जिल्लामै वालिङ स्र्माट भिजनका साथ स्र्माट वालिङ निर्माणमा अगाडि बढिरहेको भन्दै यसलाई उचाईमा पु¥याउन जनप्रतिनिधिसंगै स्थानीय समेत क्रियाशिल हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सल्लाहकार भोजराज अर्याल र लालचन्द्र गैह्रे, वडा अध्यक्षहरु ८ का कमल पंगेनी, १० का अनन्तराज गैह्रे र ११ का बसन्तकुमार मल्ल, डा. पवमान सुवेदी लगायले वालिङलाई छिट्टै स्र्माट बनाउनका लागी सबै उत्तिकै जिम्मेवार रहने बताउनुभयो । वालिङ नगर प्रमुख दिलिपप्रताप खांणको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपप्रमुख कल्पना तिवारी र सञ्चालन प्रमुख प्रशासकिय अधिकृत भिमकान्त पौडेलले गर्नुभएको थियो ।