बल्खु तरकारी बजारमा पनि समस्या, मूल्य निर्धारणमा व्यापारीको मनोमानी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
काठमाडौंको बल्खुमा सञ्चालनमा रहेको तरकारी बजारका अधिकांश पसल व्यवसाय दर्ताबिनै सञ्चालनमा आएको र व्यवसायीले तरकारीको मुल्य निर्धारणमा मनोमानी गर्ने गरेको भेटिएको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागले सोमबार विहान बल्खु तरकारी बजारमा अनुगमन गर्दा २ सय ४० वटा स्टल मध्ये अधिकांश स्टल सरकारको कुनै पनि निकायमा दर्ता नभई व्यवसाय सञ्चालन गरिरहेको भेटिएको हो । कम्पनी ऐन २०६३ अनुसार सञ्चालन भइरहेको उक्त बजारले ऐनमा रहेका प्रावधानअनुसार काम गरेको देखिँदैन ।

 

कम्पनी ऐनको दफा ४ अनुसार प्रचलित कानुन बमोजिम कुनै खास प्रकारको व्यवसाय वा कारोबार सञ्चालन गर्ने कम्पनी दर्ता गर्नुअघि कुनै निकायको पँर्व स्वीकृति वा इजाजत लिनुपर्ने व्यवस्था गरिएको छ । तर, केही पसलले मात्र अनुमति लिएर व्यवसाय गरिरहेका छन् ।

बल्खु तरकारी बजारका अध्यक्ष मोहनकुमार बस्नेतले भने ८० प्रतिशत बढी पसल काठमाडौं महानगरपालिकामा दर्ता भइसकेको दाबी गर्नुभएको छ । ३० प्रतिशत व्यापारीले प्यानबिलसमेत लिई सकेको बस्नेतको भनाइ छ । केही व्यापारीको कागजी प्रक्रियामा ढिलाइ भएका कारण व्यवसाय दर्ताको कामले हालसम्म पँर्णता पाउन नसकेको र मध्यम वर्गीय किसानलाई राखिएका कारण सबै प्रक्रिया पँरा गर्नका लागि उनीलाई समय लाग्ने गरेको उहाँले बताउनुभयो ।

अनुगमनका क्रममा उपत्यका बाहिरबाट भित्रिएको तरकारी तथा फलफँलको बीलबिजक भेटिए पनि त्यसको मँल्य भने निर्धारण नगरिएको भेटिएको छ । सञ्चालकलाई मँल्य किन नतोकेको भनेर स्पष्टिकरणका लागि विभागमा बोलाइएको छ ।

अध्यक्ष बस्नेतले मूल्यका विषयमा भने फरक ठाउँबाट फरक–फरक मँल्यमा तरकारी संकलन गरिने हुँदा एक रुपता हुन नसकेको बताउनुभयो । यस्तो समस्या समाधानका लागि सरकारले नै तरकारी संकलन केन्द्र स्थापना गर्न सके व्यापारीलाई पनि सजिलो हुने उहाँको तर्क छ ।

अनुगमन टोलीका संयोजक दीपकराज पोखरेललेका अनुसार अनुगमन टोलीलाई अनुगमनमा बाधा अवरोध पु¥याउने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बल्खु फलफूल तथा तरकारी बजारकै व्यवसायी रवि साह रहेको पोखरेलले बताउनुभयो ।

यसअघि कालीमाटी बजार अनुगमनका क्रममा सरकारी अनुगमन टोलीलाई अवरोध पु¥याउने दुईजना सार्वजनिक अपराधअनुसार अदालती प्रक्रियामा रहेका छन् ।

अनुगमनपछि घट्यो तरकारीको मूल्य
सरकारले फलफँल तथा तरकारी बजार अनुगमन गर्न थालेपछि अस्वभाविक मँल्य वृद्धि नियन्त्रण हुँदै गएको देखिएको छ ।

कालीमाटी फलफँल तथा तरकारी बजारमा गत सोमबार आपँर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गरेपछिको एकहप्ता अवधिमा तरकारीको मूल्यमा गिरावट आएको देखिएको छ । गतहप्ता कालीमाटीमा गोलभेडाको औसत खुद्रा मूल्य प्रतिकिलो ५५ रुपियाँ रहेकोमा यसहप्ता र ३० रुपियाँमा झरेको छ ।

त्यसैगरी लोकल काउली प्रतिकिलो १ सय १५ रुपियाँबाट ९५ रुपियाँ, बोडी प्रतिकिलो ९५ रुपियाँबाट ५५ रुपियाँ, आलु प्रतिकिलो ६० रुपियाँबाट ५० रुपियाँ, बन्दा प्रतिकिलो ६५ रुपियाँबाट ५७ रुपियाँ र लौका ६५ रुपियाँबाट ४५ रुपियाँमा झरेको छ ।

गत हप्ताको तुलनामा सिमी, फर्सी, घिरौला, हरियो सागलगगायत अधिकांश तरकारीमा मँल्य घटेको देखिएको छ ।