साफ च्याम्पियनसिपको लागि नेपाली टोलीको घोषणा


काठमाडौं, (नेस)
बंगलादेसमा हुने साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा सोमबार भएको छ ।
बन्द प्रशिक्षणमा रहेका २९ खेलाडीबाट २० खेलाडी छनोट गरिएको हो ।

प्रमुख प्रशिक्षक बालगोपाल महर्जनले अन्तिम टोली तयार गर्दा नेपाली आर्मीका जर्ज प्रिन्स कार्की र कमल श्रेष्ठलाई किनारा लगाइएका छन् । जबकी निराजन खड्का र सुमन अर्याललाई टोलीमा स्थान दिइएको छ ।

निराजन ५ वर्षपछि राष्ट्रिय टोलीमा फर्केका छन् । सुमन भने राष्ट्रिय टोलीमा पहिलो पटक परेका छन् । निराजनले केही वर्ष यता मोफसलका प्रतियोगिताहरुमा सानदार प्रदर्शन गर्दै आएका छन् । उनी केही प्रतियोगितामा त म्यान अफ द म्याच समेत घोषित भएका थिए । हाल थ्रीस्टार क्लब सम्हालिरहेका उनी पछिल्लो पटक २०१३ साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीमा थिए ।

नेपाली टोलीका कप्तान विराज महर्जनले गर्नेछन् । यसअघिको साफ च्याम्पियनसिपमा पनि अनिल गुरुङ कप्तानी भएपनि विराज नै कप्तानीको भुमिकामा रहेका थिए । समूह ए मा रहेको नेपालले बंगलादेस, पाकिस्तान र भुटानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिप फुटबलमा उपाधि जित्न सकेको छैन ।

नेपाली टोलीः
गोलकिपर—किरण कुमार लिम्बु, बिकेश कुथु र एलेन न्यौपाने ।

डिफेन्डर—दिनेश राजवंशी, देवेन्द्र तामाङ, बिराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द र सुमन अर्याल ।

मिडफिल्डर— हेमन्त थापामगर, हेमन गुरुङ, बिशाल राई, सुनील बल, सुजल श्रेष्ठ र निराजन खड्का ।

फरवार्ड—भरत खवास, बिमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट ।