न्यु समिट र टेक्सस् फाइनलमा


काठमाडौं, (नेस)
न्यु समिट र टेक्सस् कलेज प्रथम त्रिभुवान बिश्व बिद्यालय अन्तर कलेज बिएसी सिएसआईटि बास्केटबल प्रतियोगिताको उपाधि नजिक पुगेका छन् ।

सोमवार भएको पहिलो सेमिफाईनल खेलमा न्यु समिटले पाटन वहुमुखी क्याम्पसलाई ४२–३१ को स्कोरमा हराँउदा कप्तान सुशान्त धिमिरेले सर्वाधिक १६ स्कोर गरे । जबकी पाटनका अभिनास गौरेले सर्वाधिक १९ स्कोर गरे पनि टिमलाई पराजयबाट बचाउन सकेनन् ।

सिनामंगलको क्लासिक कलेजमा भएको न्यु समिट कपको दोश्रो सेमिफाईनलमा टेक्सस् कलेजले बर्नहार्ट कलेजमाथी २ अंकको रोमाञ्चक जित निकाल्यो । दुवैले निर्धारित समयमा ४३–४३ को बराबरी गरेपछि खेल अतिरिक्त समयमा लम्किएको थियो ।

थपिएको ४ मिनेटमा टेक्ससले बाजि मार्यो । टोलीले बर्नहार्टलाई ७–५ मा रोक्दै समग्रमा ५०–४८ को रोमाञ्चक जित निकाल्यो । बिजयी टिमका संजित जङ गुरुङले १६ स्कोर गरेका थिए ।