सिन्धु फाइनलमा


नयाँ दिल्ली, (एजेन्सी)
भारतकी पीभी सिन्धुले इन्डोनेसियामा जारी एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्सतर्फ फाइनलमा स्थान बनाएकी छन् । हालै फोब्र्सले जारी गरेको सर्वाधिक आर्जन गर्ने महिला खेलाडीमा सातौं स्थानमा रहेकी सिन्धु एसियाड ब्याडमिन्टन फाइनलमा पुग्ने पहिलो भारतीय खेलाडी बनिन् ।

सिन्धुले मंगलबार हुने स्वर्ण भिडन्तमा विश्व नम्बर एक ताइवानी खेलाडी टाइ जु यीङसँग खेल्नेछिन् । सेमिफाइनल खेलमा उनले जापानकी अकाने यामागुचीलाई २१–१७, १५–२१, २१–१० ले हराएकी थिइन् । विश्व नम्बर ३ सिन्धुले दुई पटक वल्र्ड च्याम्पियनसिपमा र ओलम्पिकमा रजत पदक जितेकी थिइन् ।

अघिल्लो दिन साइना नेहवालले कांस्य पदक जितेर एसियाड ब्याडमिन्टनमा व्यक्तिगत पदक जित्ने ३६ वर्षपछिको पहिलो भारतीय खेलाडी बनेकी थिइन् । सन् १९८२ मा नयाँ दिल्लीमा भएको एसियाडमा सैयद मोदीले पुरुष सिंगल्सतर्फ ब्याडमिन्टनमा कांस्य पदक जितेका थिए ।