मोदीलाई मनमोहनको गुनासो पत्र


नयाँ दिल्ली,(एजेन्सी)
पूर्वप्रधानन्त्री मनमोहन सिंहले एक पत्र लेख्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई तीन मूर्ति भवनस्थित नेहरु स्मारकमा कुनै पनि प्रकारको हस्तक्षेप नगर्न सोमवार आग्रह गरेका छन् ।

पत्रमा मनमोहन सिंहले पूर्व प्रधानमन्त्री जवाहर लाल नेहरु काँग्रेस मात्रको नेता नभई सम्पुर्ण राष्ट्रकै नेता भएको उल्लेख गरेका छन् ।

पूर्व प्रधानमन्त्रीले मोदीलाई लेखेका छन्,’ तपाईंको नेतृत्वमा रहेको सरकारले विभिन्न एजेन्डा सहित नेहरु स्मारक संग्राहलय र पुस्तकालयको संरचनामा परिवर्तन गर्न लागेको रहेछ , तपाईंले यस्तो गर्नु हुँदैन भन्ने आशा छ । ’

मोदी सरकार तीन मूर्ति भवनभित्र देशको सबै प्रधानमन्त्रीहरुसँग जोडिएको एक नयाँ संग्रहालय बनाउने योजनामा कार्यरत रहेको छ ।

पूर्व प्रधानमन्त्री सिंहले अटल बिहारी वाजपेयीले आफ्नो छ वर्षिय कार्यकालमा तीन मूर्ति भवनसकुनै हस्तक्षेप नगरेको तर दुर्भाग्यवश यस वर्तमान सरकारले एजेन्डासहित यस्तो कार्यमा लागेको बताएका छन् ।

मनमोहन सिंहले आफ्नो पत्रमा अटल विहारी वाजपेयीले जवाहर लाल नेहरुको निधनपछि लोकसभामा नेहरुको मुक्तकण्ठले प्रशंसा गर्दै दिएको भाषण पनि स्मरण गरेका छन् ।