बंगलादेशको विमान दुर्घटना प्रतिवेदन बाहिरियाे, पाइलट मानसिक तथा भावनात्मक रुपमा पिडित


काठमाडौं (एजेन्सी)
नेपालको अन्तराष्टिय विमानस्थलमा मार्चमा बंगलादेशको एक यात्रुबाहक विमान दुर्घटनाग्रष्त भएकोमा क्याप्टेन मानसिक तथा भावनात्मक रुपमा समास्यामा रहेको बताइएको छ ।

सोमबार यस मामिलामा चुहावत भएको जाँच प्रतिवेदनको मस्यौदाबाट उक्त जानकारी प्राप्त भएको एसियन एज अखबारले जनाएको छ । गत मार्च १२ मा बंगलादेशको ढाकाबाट उडान भरेको उक्त उडान काठमाडौं विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रष्ट भएको थियो । उक्त दुर्घटनामा ५० जनाको ज्यान गएको थियो ।

जाँच प्रतिवेदनको मस्यौदाको अन्तिम कपी न्युज एजेन्सी एएफपीले प्राप्त गरेको हो । प्रतिवेदनमा बंगलादेश मुलका अमेरिकी क्याप्टेन ‘तनाव तथा मानसिक रुपमा पिडित थिए ‘ उल्लेख गरिउको छ । एक महिलाकर्मीले उनको दक्षतामाथि प्रश्न उठाएका थिए, त्यसपछि उनी तनावमा रहेको बताइएको छ । ‘यो अविश्वास र तनावका कारण क्याप्टेन आबिद सुल्तानले फ्लाइटका ककपिट मै लगातार धुमपान गरेको र भावविह्वल भएको थियो ‘ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उडानका क्रममा क्याप्टेन अबिद सुल्तान ‘ उडानका क्रममा कयौं पटक रुने र सिंगान पुछिरहेका ‘ थिए , प्रतिवेदनमा उल्लेख गरिएको छ ।

ढाकाबाट काठमाडौंको उडानका क्रममा पुर्व बंगलादेश वायु सेनाका पाइलट तथा उक्त एयरलाइनका इन्स्ट्रक्टर सुल्तानले कनिष्ठ को–पाइलटलाई प्रभाव पार्न लगातार आफ्नो क्षमता र कुसलताका विषयमा कुरा गरेका थिए ।

क्याप्टेनको लगातार गनगनले त्यतिबेला विमान सन्चालन गरिरहेका को–पाइलट पुरै विचलित हुन पुगेको थियो । हालै मात्र छनौटमा परेका को–पाइलट प्रिथुला रसिदले काठमाडौं विमानस्थलमा यसअघि कहिल्यै अवतरण गरेका थिएनन् ।

उत्तरको हिमाल र चारैतिर पहाडले घेरिएर खाल्डो आकारको उपत्यकामा रहेको नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नु चुनौतीपुर्ण मानिन्छ ।

उक्त दुर्घटनामा दुबै पाइलट सहित अन्तिम मृतक संख्या ५१ पुगेको थियो । २० जना यात्रु भने चमत्कारिता पुर्वक विमानको भग्नावशेषबाट बाहिरिएका थिए । तर केहि भने गम्भिर घाइते अवस्थामा थिए ।

उक्त विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पुर्वी भागमा खसेको थियो । विमान दुर्घटनामा कम्तिमा ५० जनाको मृत्यु भएको थियो । विमानलाई धावनमार्गको दक्षिणी तर्फबाट अवतरणको अनुमति यियो तर विमान उत्तर तर्फबाट अवतरण गर्न लागे । विमान अवतरणका क्रममा तल झुकेको र त्यसैबेला त्यसमा आगो लागेको थियो । त्यसको लगत्तै नजिकको फुटबल ग्राउन्डमा धस्सिन पुगेको थियो । उक्त दुर्घटनामा १७ जनालाई मात्र बचाउन सकिएको थियो ।

नेपालको पर्यटन मन्त्रालयको एक स्रोतले उक्त मस्यौदाको आधिकारितालाई पुष्टी गरेको छ । उक्त दुर्घटना सन् १९९२ सेप्टेम्बरपछिको सबैभन्दा ठुलो हो , जसमा काठमाडौं विमानस्थल नपुग्दै दुर्घटनाग्रष्ट पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमानमा रहेका १ सय ६७ जनाको मृत्यु भएको थियो । त्यसको दुई महिना अगाडी मात्रै थाइ एयरवेजको विमान दुर्घटना हुँदा १ सय १३ जनाको मृत्यु भएको थियो ।