कार्कीको ‘योगमाया’ लाई मदन पुरस्कार

0
Shares

काठमाडौ., (नेस)
मदन पुरस्कार गुठीले आख्यानकार नीलम कार्की निहारिकाको औपन्यासिक कृति ‘योगमाया’ लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै ‘जगदम्बाश्री’ पुरस्कार बाल साहित्यकार शान्तदास मानन्धरलाई प्रदान गरिने भएको छ ।
दुवै पुरस्कारको राशि दुई दुई लाख रुपियाँ रहेको छ । मदन पुरस्कारका लागि विद्रोहिणी चरित्र भएकी योगमायाको जीवनीमा आधारित ‘योगमाया’ छनोट भएको गुठीद्वारा सोमबार प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।