डुङ्गा दुर्घटनामा मर्नेको संख्या चार पुग्यो

0
Shares

सञ्जय कार्की, रौतहट
गत शनीबार लालबकैया नदिमा भएको डुङ्गा दुर्घटनामा मर्नेको संख्या चार पुगेको छ । मृतक चारै जनाको शब भारतीय भुमिमा भेटिएको हो । घटना भएको भोलिपल्ट दुई जना र तीन दिन पछि दुई जनाको शब गरी चार जनाको शब भेटिएको हो ।

सोमबार भेटिएको शबमा गौर नगरपालिका–४ टिकुलियाका ओम प्रकाश चन्द्रबंशी, गौर नगरपालिका–३ मजकुटियाका उष्मा पटेल रहेका छन भने यसअघि ईशानाथ नगरपालिका–३ औरयाका रुना देबी पटेल र गौर नगरपालिका–४ टिकुलियाका शान्तिदेबीको शब भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सो घटनामा अझै एक जना हराईरहेको जनाइएको छ । गत शनीबार साझ ईशनाथ नगरपालिकाको औरया बाट सदरमुकाम गौर आउनको लागि लालबकैया नदिमा डुङ्गा दुर्घटना हुदा सबार मध्येका उनीहरु दुर्घटनामा परेका हुन ।

पानीको सतह बढेपछि अनियन्त्रित भई निर्माणाधिन पुलको पिलरमा ठोक्किए डुङ्गा दुर्घटना भएको थियो । तीन बर्षमा सम्पन्न गर्नु पर्ने पुल पाँच बर्ष बितिसक्दा समेत आधा समेत काम हुन सकेको छैन । सो पुल पप्पु कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको थियो । यसैबीच मृतक परिबार लाई प्रदेश सरकारका मुख्यमंन्त्रि लालबाबु राउतले जनही २ लाख राहत र क्रिया खर्च २५ हजार दिने बताउनु भएको छ ।

यस्तै दैबि प्रकोप उद्धार समितिले मृतक परिबार लाई जनही १ लाख र गौर नगरपालिकाले समेत मृतक परिबार लाई १ लाख राहत र क्रियाखर्च बापत २५ हजार दिने भएको छ ।