काठमाडौं, (नेस) । विमस्टेक सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रका बरिष्ठ अधिकारीहरु सोमबारदेखि नै काठमाडौं आउन थालेका छन् । आज मंगलबार परराष्ट्र सचिवस्तरिय ‘सिनियर अफिसियल्स मिटिङ’ (सोम) बैठक हुँदैछ ।
यो बैठकले सम्मेलनका एजेण्डा र घोषणापत्रको मस्यौदा तय गर्नेछ । यही बैठकले सुझाएका विषयमा केन्द्रित रहेर भोलि बुधवार सदस्य राष्ट्रका परराष्ट्रमन्त्री स्तरीय बैठक हुँदैछ । विहीवार सम्मेलनको औपचारिक उद्घाटन हुँदैछ, सोही दिन सदस्य राष्ट्रका सरकार प्रमुख र राष्ट्र प्रमुखहरुको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिवा भोजको आयोजना गर्ने कार्यक्रम तय भएको छ ।











प्रतिक्रिया