किशोरी बलात्कार गर्ने ३ जना अभियुक्त पक्राउ

0
Shares

इटहरी ।
सुनसरीको इनरुवा ६ स्थित मधेसामा एक किशोरीलाई बलात्कार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिका–२ बस्ने १९ वर्षिय राहुल मगर, सोही वडा बस्ने १९ वर्षिय महमद जन्नत मिया र २१ वर्षिय भोला परियार रहेका छन् । पक्राउ परेका तीनै जनाले गत ९ गते राति ९ बजे स्थानीय एक बालिकालाई राजमार्ग नजिक सामूहिक बलात्कार गरेको प्रहरीले बताएको छ ।
प्रहरीले ती किशोरीलाई अचेत अवस्थामा फेला पारी उपचारको लागि अस्पताल लगेका थिए । किशोरीको थप उपचार कोसी अञ्चल अस्पतालमा भइरहेको र स्वास्थ्यमा सुधार हुँदै आएको प्रहरीले जनाएको छ ।
पक्राउ परेमा माथि जबर्जस्ती करणी मुद्दामा म्याद गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।