बेपत्ता भएकी किशोरी फेवातालमा मृत फेला

0
Shares

पोखरा ।
बेपत्ता भएकी एक किशोरी आज फेवातालमा मृत अवस्थामा फेला परेकी छिन् ।

पोखराको पुम्दी भुम्दीस्थित शान्ति स्तूप नजिक कोदी बस्ने १८ वर्षीया सुस्मीता लामिछाने मृत अवस्थामा फेला परेकी हुन् । ड्यामसाइडस्थित फेवातालको किनारमा उनको झोला र मोबाइल भेटिएपछि प्रहरीको उद्धार टोलीले फेवातालमा खोजबिन गर्दा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र गुरुङले जानकारी दिनुभयो ।

शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा पठाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस