बैतडीमा कृषि ज्ञानकेन्द्र स्थापना

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
बैतडीमा सोमवार कृषि ज्ञान केन्द्र स्थापना गरिएको छ ।
७ नं प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहने गरी केन्द्र स्थापना गरिएको हो ।
पुरानो कृषि विकास कार्यालयमा नयाँ नामसहित स्थापना गरिएको कार्यालय औपचारिक कार्यक्रम बिनानै सोमवार ‘कृषि ज्ञान केन्द्र’ को बोर्ड झुण्डाईएको छ ।
कृषकलाई सहयोग पु¥याउने उद्देश्यले बैतडी र दार्चुला जिल्ला हेर्ने गरी बैतडीमा ‘कृषि ज्ञान केन्द्र’ स्थापना भएको निमित्त बरिष्ठ कृषि विकास अधिकृत कर्ण बहादुर चन्दले जानकारी दिए ।
बैतडी र दार्चुलाका स्थानीयतहसँग संयोजन तथा समन्वयको लागि बैतडीमा कार्यालय स्थापना भएको हो ।
कृषि ज्ञान केन्द्रमा माटो परीक्षणलगायतका प्रयोगशाला, विज्ञ समूह रहने र हरेक स्थानीय तह तथा कार्यालयसँग समन्वय गरी प्राविधिक सेवा दिने तयारी गरिएको छ ।
अहिले कृषिको बजेट स्थानीय तहमा गएपछि सोहीअनुसार प्राविधिक जनशक्ति जान नसक्दा आशाअनुरुप प्रतिफल नआएको कारण प्राविधिक सहयोग र कार्यक्रमसमेत सञ्चालन गरी कार्यालय स्थापना जनाएको छ ।