भिषण पहिरोेले पुरै गाउ उच्च जोखिममा

0
Shares

कालीवहादुर मल्ल, कालिकोट ।
एक सातादेखिको अबिरल बर्षासँगै जिल्लाको खाडाचक्र नगरपालिका दाँहा मोल्फामा आएको भिषण पहिरोले घोडेनाको पूरै गाउँ उच्च जोखिममा परेको छ । घोेडेना गाउँ भन्दा तल कर्णाली राजमार्ग अन्तरगत मोल्फा वजारको माथिवाट ठुलो पहिरोे झर्दा स्थानीयका १ सय सात घर विस्थापित अवस्थामा पुगेको सोही वडाका अध्यक्ष जगदिश शाहीले वताएका छन् ।
पहिरोेले स्थानीय सबैलाई गाउँ छाडेर विस्थापित हुने अवस्थामा पुगेका हुन । पहिरोले कर्णाली राजमार्गसँग जोडिएको मौल्फा बजारका ५१ र घोडेनाका ५६ घर जोखिममा परेका छन् ।

पहिरोका कारण कर्णाली राजमार्ग समोवार दिनभर अवरुद्ध भएको र नेपाली सेना र प्रहरीको टोलि दिनभर खटेर वाटो खुलाइएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी गराए । खाँडचक्र नगरपालिका–५ का वडाध्यक्ष खडानन्द चौलागाँइका अनुशार अनुसार जोडिएको मोल्फा बजारबासी पनि भागाभाग भएका छन् । ‘घोडेना गाँउको तलतिरको भाग पुुरै भासिएको छ । पानीको मुहानसहितको पहिरोले माथि घोडेना र तल मोल्फाको बजार नै जोखिममा परेका छ ।

२०६५ सालमा त्यसै ठाँउमा आएको पहिरोले ६ घर बगाएको जानकारी दिँदै पुन दोहोरिएको स्थानीय प्रेमधोज चौलाई वताउछन् ।
प्रमुख जिल्ला अधिकारी काकी लगाएतको टोलिल पहिरा गएको क्षेत्रमा पुगे पछि जोखिममा रहेका सबै स्थानीयलाई नजिकैको विद्यालयमा सार्न लगाइएको जानकारी दिए ।