कटान नियन्त्रणका लागि अस्थायी तटबन्ध निर्माण

0
Shares

बिष्णु तिमिल्सिना, बर्दिया ।
गुलरिया नगरपालिकाको बिभिन्न स्थानमा बबई÷भादा नदी कटान नियन्त्रणका लागि आपतकालिन अस्थायी तटबन्ध निर्माण कार्य सफल भएको बबई, भादा, ओराही नदी व्यवस्थान आयोजनाले जनाएको छ । भादा नदीमा निर्माणाधिन तटबन्ध र नदी कटान रोकथामको लागि आपतकालिन अस्थायी तटबन्धनको कार्य सफल भएको र सो कार्यबाट करिब २ हजार ५ सय मिटर तटबन्ध नदी कटानबाट बचावत हुने भएको कुरा आयोजनाका प्रमुख नारायण प्रसाद सुबेदीले जनाकारी गराउनु भएको हो ।

बर्षेनी बबई÷भादा नदीले बर्षा याममा गुलरिया नगरपालिकाको नदी किनारका बिभिन्न स्थानमा व्यापक कटान गर्दै आईरहेको र धार परिवर्तन गर्ने समेत जोखिम रहेकोले आयोजनाबाट निर्माणाधिन तटबन्धन कटान गरी रहेको अबस्थामा जिल्ला बिपद व्यवस्थापन समितिको निर्णय अनुसार उक्त आयोजनाले अल्पसमयको सुचना जारी गरी कटान रोक्ने अस्थायी कार्य गरेको थियो ।

गुलरिया नगपालिका वडा नम्बर १० को लट्कनियाँमा आपतकालिन कार्यअन्तरगत ४ सय ५० मिटर लामो क्षेत्रमा बोरामा बालुवा भरी नाईलनको जालीमा राखेर निमानाधिन तटबन्ध तथा नदी किनारको बचावतको संरचनालाई टेवा पर्खाल बनाईएको छ । त्यसैगरी वडा नम्बर ८ को पशु हातबजार स्थित तटबन्ध सुरक्षाको लागि २ सय मिटर क्षेत्रमा नाईलनको जालीमा बालुवा भरेको सिमेन्टको बोराले तटबन्ध रोक्ने कार्य गरीएको छ ।

साथै वडा नम्बर ५ को पर्याकपुरमा नदी किनार कटान रोक्नको लागि कार्य भएको छ । उक्त कार्यका लागि जम्मा ७५ लाख ३० हजार ६ सय रुपैयाँ खर्च भएको सो आयोजनाका सुचना अधिकारी केशब अधिकारीले जानकारी गराउनु भयो ।
बबई÷भादा नदीमा २०७१ र २०७४ सालमा आएको बाढी पसेर ठुलो मात्रमा क्षती पुर्याएको थियो ।