सम्पुर्ण मुक्तकमैयाँको पुनस्थापना यसै बर्ष भित्र गछौँः उपसभामुख थारु

0
Shares

बिष्णु तिमिल्सिना, बर्दिया ।
प्रदेश नम्बर ५का उपसभामुख कृष्णी थारुले बर्दियामा पुनस्थापना हुन बाँकी ८३ मुक्तकमैयाँ परिवारहरुको यसै बर्ष भित्र पुनस्थापना सम्बन्धी काम सन्पन्न गर्ने बताउनु भएको छ । बर्दियाको गुलरियामा कमैया महिला जागरण समाज नेपालको आठौ बार्षिकोत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो ।

उपसभामुख थारुले प्रदेश नम्बर ५ सरकारले पहिलो र दोस्रो अधिबेशन गरेर प्रदेश सभामा बिभिन्न बिषयका १६ वटा बिधेयक पेश गरी १५ वटा बिधेयक पास गरीसकेको जानकारी गराउनु भएको छ । आफु कमैया महिलाहरुको प्रतिनिधित्व गर्दै अहिले निर्णयक तहमा पुगेकोले मुक्तकमैया, महिला, कमलहरीहरुको लागि जिविकोपार्जनका कार्यक्रमहरु पनि ल्याउने प्रतिबद्धता जनाउनु भएको छ । गरीव बिपन्न तथा मुक्तकमैया कमलहरीहरुका लागि माछा मारेर दिने होईन माछा मार्ने जाल दिने खालका कार्यक्रमहरु ल्याउने बताउनु भएको छ ।

नेपाल सरकारले अहिले समबृद्धिको नारा ल्याएकोले यहाँ जनतालाई समबृद्धि तर्फ जाने खालका कार्यक्रमहरु नै ल्याउने बताउनु भएको छ ।
उक्त संस्थाले राजापुर, बाँसगढी नगरपालिका र बढैयाताल, गेरुवामा स्थानीय अधिकार, दमहिला नेटवर्क र शान्ति प्रर्वधन कार्यक्रम अन्र्तरगत बिभिन्न कार्यक्रम गरेको र सो कार्यक्रममा १ करोड ८० लाख रुपैयाँ खर्च भएको संस्थाका कार्यकारी निर्देशक मान बहादुर डाँगीले जानकारी गराउनु भयो ।

कमैया महिला जागरण समाज नेपालका अध्यक्ष बिरुनी थारुको सभापतित्वमा भएको उक्त सभामा राजनितिक दलका प्रतिनिधि, पत्रकार महाँसंघ बर्दिया शाखाका अध्यक्ष राजेन्द्र धिताल, गैर सरकारी संस्था महाँसघ बर्दियाका अध्यक्ष बिष्णु प्रसाद तिमिल्सिना, मुक्तकमैया समाजका प्रतिनिधि हरिशचन चौधरी लगाएतका व्यक्तिहरुले शुभकामना ब्यक्त गर्नु गर्दै महिला तथा बिपन्न बर्गमा कार्यगरेकाले सह्राना गरेका थिए । सभामा दाङ, बाँके, बर्दिया कैलालीका मुक्तकमैयाहरुको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।