दशनामी समाजको स्थापना दिवस एवं प्रदेश भेला सुरु

0
Shares

भक्तपुर ।
नेपाल दशनामी समाजको २२ औ स्थापना दिवस एवं ३ नम्बर प्रदेश भेला आज काठमाण्डौंमा सुरु भएको छ । दिवसको उद्घाटन समारोहमा बोल्दै पूर्वप्रधानन्यायाधिस केदारप्रसाद गिरीले संविधान सम्बत रुपमा देश संघीयतामा गईसकेकाले देशका सबै संरचना सोही स्वरुपमा रुपान्तरित हुनुपर्ने बताउनुभयो ।
संघीयतालाई कार्यान्वयन गर्दै व्याबहारमा उतार्नुपर्नेमा जोड दिदै उहाँले संबिधान र कानूनलाई नाघेर कोही पनि बाहिर जान नसक्ने बताउनुभयो । दशनामी समाज आफ्नो सिद्धान्त अनुरुप अगाडि बढ्नु पर्नेमा जोड दिदै यसले सातवटै प्रदेश भेला भर्दै प्रदेश कमिटीहरु बनाउँदै संविधानले व्यबस्था गरेको स्वरुपमा जानु पर्नेमा जोड दिनुभयो
कार्यक्रममा प्रमुख सल्लाहकार रबिन्द्रप्रसाद गिरीले दशनामी समाजलाई एकताबद्ध बनाएर लैजानु पर्ने बताउँदै दशनामीको हक, हित र अधिकारका लागि एउटै ठाउँमा गोलबद्ध हुनुपर्ने औल्याउनुभयो । त्यसअवसरमा समाजका बरिष्ठ उपाध्यक्ष विदुर भारती, उपाध्यक्ष किरण गिरी, केन्द्रीय सदस्य एवं महिला अध्यक्ष जुलुम गिरी, रबिन्द्र गिरी, केदार गिरी, रुद्र गिरी लगायतले छरिएर रहेका दशनामीहरुलाई एकताबद्ध बनाउँदै जिल्ला जिल्लामा गोलबद्ध गर्दै आएको बताउँदै समाजलाई सबैतर्फबाट बलियो बनाउँन सबैै मिलेर अगाडि बढ्नु पर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवं समाजका केन्द्रीय अध्यक्ष रञ्जनकुमार गिरीले अहिलेसम्म केन्द्रीय, अञ्चल र जिल्ला कमिटीको संरचना अनुरुप रहेको नेपाल दशनामी समाज अब प्रदेश कमिटी गठन गर्दै संघीय संरचनामा जाने बताउनुभयो ।
स्थापना दिवस कै अवसरमा ३ नं. प्रदेश भेला गर्दै यस प्रदेशमा दशनामी प्रदेश कमिटी, युवा कमिटी र महिला कमिटी गठन गरिने बताउँदै समाजवले सातवटै प्रदेशको भेला गर्दै यस्ता कमिटी गठन गरि समाजलाई संघीय संरचनामा लैजाने बताउनुभयो । गिरी, पुरी, भारती, वन, सागर, सरस्वती, आरण्य, तीर्थ, पर्वत र आश्रम रहेका दशनामी समाजको भेलाले प्रदेश, युवा र महिलामा नयाँ नेतृत्व समेत चयन गर्दै समापन हुने भएको छ ।