दश हजार तीर्थयात्रीले गोसाइँकुण्ड मेला भरे

0
Shares

रसुवा ।
जनैपूर्णिमा मेलाको अवसरमा यहाँको पवित्र धार्मिकस्थल गोसाइँकुण्डमा करिब १० हजार तीर्थयात्रीले मेला भरेका छन् ।
गत वर्ष करिब ७ हजार तीर्थयात्रीले मेला भरेका मेलामा गत वर्षको तुलनामा यो वर्ष तीन हजार बढीले अवलोकन गरेका हुन । जनैपूर्णिमाको अवसरमा गोसाइँकुण्डमा १० दिनसम्म मेला लाग्ने गर्दछ । भूकम्पपछिको समयमा यो वर्ष सबैभन्दा बढी तीर्थयात्री आएका गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।
पछिल्लो समय मेलाबाहेकको समयमा समेत तीर्थयात्री आउने भएकाले मेलामा तीर्थयात्री केही कम हुने समितिका अध्यक्ष संजीव डिएमले बताए । गोसाइँकुण्डमा तीर्थ भर्न, सूर्यकुण्ड भञ्ज्याङसहितको साहसिक पदयात्रा र पर्वतारोहण गर्ने उद्देश्यले स्वदेशी तथा विदेशी आउने गर्छन । जैविक विविधताको अध्ययन र भूगर्भशास्त्रको अध्ययनका लागि समेत गोसाइँकुण्डमा पर्यटक आउने गरेका लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।