ल्याण्डलाइन फोन सेवाको माग गर्दै हस्ताक्षर संकलन

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ मा ल्याण्डलाइन फोन सेवा सञ्चालन हुनुपर्ने भन्दै हस्ताक्षर संकलन अभियान शुरु भएको हो । सघन बसोबास क्षेत्रमा समेत ल्याण्डलाइन फोन सेवा नहुँदा समस्या भएको भन्दै वडा कार्यालयको समन्वयमा हस्ताक्षर संकलन अभियान शुरु गरिएको यूवा समाजसेवी अमरबहादुर टेरले जानकारी दिए ।

ल्याण्डलाइन फोन सेवा नहुँदा इन्टरनेट सेवा पनि सञ्चालन गर्न नसकिएकाले आफूहरुले ल्याण्ड लाइनको माग गरेको हो । संकलन गरिएको हस्ताक्षर दशरथचन्द नगरपालिकामार्फत नेपाल दूरसंचार प्राधिकरणलाई बुझाइने बताईएको छ ।
बैतडीको सबैभन्दा पुरानो नगरपालिकामा समेत ल्याण्डलाईन फोन सेवा बिस्तार हुन सकेको छैन् । यसअघि साविकको गुरुखोला गाविस हुँदा समेत पटक पटक माग गर्दा समेत कुनै सुनुर्वा हुन सकेको थिएन्।

पछिल्लो समय जनप्रतिनिधि आईसकेपछी ल्याण्डलाईन फोन सेवा बिस्तारका लागी हस्ताक्षर संकलन गरिएको हो । वडाक्षेत्रमा ल्याण्डलाईन फोन सेवा आवश्यक रहेकोल माग गर्न लागिएको दशरथचन्द नगरपालिका वडा नं १ का वडा अध्यक्ष भुवनराज भट्टले बताए । स्थानीयवासिन्दाको माग र आवश्यकतालाई हेरेर ल्याण्डलाईन फोन सेवाको माग गरेको उनले बताए ।