अल्विना टिन प्रिन्सेस नेपाल

282
Shares

राजधानीको ठमेलकी १६ वर्षीया अल्विना तिमल्सिनाले टिन प्रिन्सेस नेपाल–२०१८ को उपाधि चुमेकी छिन्। र्याम्प जोनद्वारा आयोजित शुक्रबार अबेर राति जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा मिस ब्युटिफुल उपउपाधिसमेत जितेकी अल्विनाले मुख्य उपाधिबापत क्राउनसँगै अन्य उपहार पनि
पाएकी छिन्।
समिना नकर्मी फस्ट र सविना धानुक सेकेन्ड रनर्सअप भएको प्रतियोगितामा निशा लता राई बेस्ट पर्सनालिटी, आष्मा खड्का बेस्ट स्माइल, आरती चौलागाईं मस्ट फोटोजेनिक, तारा दयाल मस्ट डेडिकेटेड, मोमिला भुजेल मगर मस्ट पपुलर, शान्ति ढकाल बेस्ट क्याटवाक र सविना धानुक मस्ट ट्यालेन्ट भए। मोनिका श्रेष्ठ र दिग्विजय श्रेष्ठको संयोजन तथा आश्विनी झाको कोरियोग्राफीमा सम्पन्न भएको प्रतियोगितामा नायक प्रदीप खड्का, गायक आनन्द कार्की, गायिका वसन्त प्रकृति, लेक्चरर ज्योत्सना राजभण्डारीलगायत निर्णायक रहेका थिए।