फिल्ममा उषा

0
Shares

दाङकी उषा खनाललाई फिल्म क्षेत्रमा लागेर केही गर्ने रहर सानैदेखि थियो। स्कुलमा आयोजना हुने विभिन्न सांस्कृतिक कार्यक्रममा भएको सहभागिताले उनलाई यो क्षेत्रमा लाग्न झन् जोसिलो बनाउँदै लग्यो।

झन्डै १ सयजति म्युजिक भिडियोमा अभिनय गरिसकेको बताउने उनी ग्ल्यामरबिना कलाकारिता अपूर्ण हुने बताउँछिन्। ‘कलाकारितामा ग्ल्यामर्स त चाहिन्छ, तर त्यसमा पनि समाज र परिस्थिति ख्याल गर्नुपर्छ’, उनी भन्छिन्– ‘छोटा लुगा लगाउँदैमा गलत नजरले हेर्नु हुँदैन, सकरात्मक ढंगले हेरिनुपर्छ।

अर्को कुरा ग्ल्यामर्सका नाममा कलाकारितामा कपडाले होइन अभिनयले टिक्ने हो।’ उनी अहिले वीरबहादुर नामक फिल्ममा गरिरहेकी छिन्। झमेला, लाले, खतरनाकलगायतमा फिल्ममा अभिनय गरेर फिल्म क्षेत्रमा आफूलाई स्थापित गराउँदै आएकी उनी अवसर पाए जस्तोसुकै अभिनय गर्न पनि पछि नपर्ने बताउँछिन्।

बीच बाटो नामक फिल्मबाट ठूलो पर्दामा देखिएकी उनले दुबई र मलेसियाका साथै युरोपका अन्य देशमा पनि गएर सांस्कृतिक कार्यक्रममा भाग लिएकी छिन्। उनी अहिले तीजको म्युजिक भिडियो मोडलिङमा व्यस्त छिन्।