अमेरिकामाथि कुटिल तथा षडयन्त्र रचेको प्योङयाङको आरोप


प्योङयाङ (एजेन्सी)
अमरिकी विदेशमन्त्री माइक पोम्पियोको उत्तर कोरियाली भ्रमण रद्द भएपछि प्योङयाङको सरकारी सन्चार माभ्यमले वासिङटनमाथि ‘कुटिल‘ तथा ‘षडयन्त्र रचेको‘ आरोप लगाएको छ । सिंगापुरमा जुन १२ मा अमेरिकी राष्टपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको भेटघातमा वार्ता भयो तर गतिरोधको स्थिति कायम रहेको छ । पोम्पियोले उत्तर कोरियामाथि परमाणु हतियार परित्याग गर्न लगाउन ठोस कदम अगाडी बढाइरहेको छ । तर प्योङयाङले वासिङटनसँग पहिला आफै यसमा सहमति बनाउन माग गरेको छ ।

उत्तर कोरियाको अखबारले जापान स्थित अमेरिकाको विशेष इकाइ प्योङयाङमा घुसपैठ गर्ने उद्देस्यले हवाई अभ्यास गरिरहेको उल्लेख गरेको छ । अखबारले भनेकोछ –प्रष्ट छ, अमेरिका डीपीआरके विरुद्ध युद्धका लागि यडयन्त्र रच्दै छ ।

हामी अमेरिकाको कपटी रवैयालाई गम्भिरतासँग लिन्छौ, किनभने एकातिर मुस्कुराउँदै वार्ता गरिरहेका छन्, अर्कोतिर जनताको हत्या गर्न विशेष युनिट गोप्य अभ्यास गरिरहेका छन्– अखबारले जनाएको छ ।

यद्यपी दक्षिण कोरियामा रहेको अमेरिकी दुताबासले उक्त सैन्य अभ्यासका विषयमा कुनै जानकारी नभएको जनाएको छ ।
अखबारले आफनो सम्पादकियमा अमेरिकासँग अर्थहिन सैन्य जुवालाई छोडेर सिंगापुर सम्झौताको पालना गर्न अपिल गरेको छ । उक्त ऐतिहासिक शिखर वार्तामा दुई नेताले कोरियाली प्रायद्विपमा परमाणु निसस्त्रिकरण पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।