यौन शोषण घृणित अपराध हो: पोप


डब्लिन (एजेन्सी)
क्याथोलिक इसाईका धर्म गुरु पोप फ्रान्सिसले पादरी तथा चर्चका अन्य पदाधिकारीद्वारा भएका यौन शोषणलाई ‘घृणित अपराध‘ भएको बताउँदै त्यसलाई रोक्न क्याथालिक चर्च असफल हुनु लज्जास्पद भएको बताए ।
यसअघि आयरल्यान्डका प्रधानमन्त्रीले पोपलाई कडा चेतावनी दिँदै बाल शोषण र त्यसलाई लुकाउने दोषी पादरीहरुमाथि कारवाही गर्न भनेका थिए ।
पोपको यो आयरल्यान्ड भ्रमण ३९ बर्षपछि भएको हो । विश्वभरीका क्याथोलिक प्रत्यक तीन बर्षमा हुने भेला ‘वल्र्ड मिटिंग अफ फेमिलिज‘ भइरहेकै समयमा पोपको भ्रमण भएको छ ।
अर्जेन्टिना मुलका पोपले आफनो भाषणको सुरुमा आफुले विश्वका १ अर्ब २० करोड रोमन क्याथोलिकलाई पठाएको चिठ्ठी पढेका थिए । उक्त चिठ्ठीमा उनले बाल यौन शोषण र पादरीद्वारा यसलाई लुकाइनुलाई महापापको संज्ञा दिँदै निन्दा गरेका छन् ।
उनले ती यौन दुराचारीलाई क्षमा दिन इश्वरसँग प्रार्थना पनि गरेका छन् ।