डेम्बेलेको गोलमा बार्सिलोनाको जित


लन्डन, (एजेन्सी)
स्पेनिस ला लिगामा डेम्बलेको गोलमा बार्सिलोनाले कठिन जित निकालेको छ ।

शनिवार राति अवे मैदानमा भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडमाथि १–० को कठिन जित निकालेको हो । बार्सिलोनाको जितमा ओसमाने डेम्बेलेले निर्णायक गोल गरेका थिए । प्रतिस्पर्धात्मक बनेको उक्त खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, खेलको ५७औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए ।

खेलमा लुइस स्वारेजले गोल गरेपनि रेफ्रीले उनको गोललाई मान्यता दिएन । बार्सिलोनाको यो लगातार दोस्रो जित हो । जितसँगै बार्सिलोना ६ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
यस्तै शनिबार राति नै भएको अर्को खेलमा एट्लेटिका मेड्रिड रायभालेकानोमाथि १–० को जित निकाल्यो । एट्लेटिकोको जितमा एन्टोइन ग्रिजम्यानले निर्णायक गोल गरेका थिए ।