नेयमारले देखाए सेतो ब्यान्ड


फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार नेयमारले एन्जर्स विरुद्धको खेलमा गोल गरेपछि हातमा बाँधेको सेतो ब्यान्ड देखाउँदै फरक शैलीमा खुसी मनाएका थिए ।

शनिवार राति भएको उक्त खेलको ६६ औं मिनेटमा गोल गरेका उनले हातमा बाँधेको सेतो ब्याण्ड देखाएर खुसी साटेका थिए । उक्त सेतो व्याण्डमा पोर्चुगिच भाषामा केही लेखिएको थियो । जसलाई उनले दर्शक र टेलिभिजनका क्यामेरामा देखाएका थिए ।

यस्तो गर्नाको रहस्य भने उनले आफ्ना छोरा डेभिड लुका डा सिल्भा सान्टोसलाई जन्मदिनको शुभकामना दिएका रहेछन् । उनका छोरा २०११ को अगस्ट २४ मा जन्मेका हुन् । छोराको जन्मदिनको भोलिपल्ट भएको खेलमा गोल गरेका नेयमारले छोराको जन्मदिनको खुसीयाली मनाएका हुन् । नेयमारले देखाएको व्यान्डमा लेखिएको थियो, ‘ह्याप्पी वर्थ डे माई लिटिल वन ।’

एन्जर्स विरुद्धको खेल नेयमारका छोरा डेभिडले मैदानमै गएर हेरेका थिए । उक्त फोटो नेयमार आफैले इन्स्टाग्राम मार्फत शेयर गरेका छन् । उनले क्याप्सन लेखेका छन्, ‘आज मेरो साथीको दिन थियो । मेरो सानो साथी, मेरो माया, मेरो छोरा ! आर्शिवाद छ, म तिम्रो रक्षा गर्न जेसुकै गर्न सक्छु । आइ लभ यू माई ब्याई ।’ शनिबार राति भएको उक्त खेलमा पिएसजीले रेन्जर्सलाई ३–१ ले पराजित गरेको थियो । पिएसजीको जितमा नेयेमारका साथै क्लियन एम्बाप्पे र एडिन्सन काभानीले गोल गरेका थिए ।