गोदावरी रनिङ फेस्टिभल हुँदै


काठमाडौं, (नेस)
गोदावरी रनिङ फेस्टिभलको पाँचौं संस्करण यही भदौ २३ शनिबार आयोजना हुने भएको छ ।
१० लाख रुपियाँ लागत लाग्ने फेस्टिभलमा पाँच विधा समावेश रहेको छ । जसमा नर्थ फेस ५ किमी येति रन, नर्थ फेस ५० किमी अल्ट्रा, सुन्टो ३० किमी ट्रेल रन, ला स्पोर्टिभा १५ किमी ट्रेल रन र नर्थ फेस २ किमी किड्स येति रनमा प्रतिस्पर्धा गर्नेछन् ।

आयोजकका इभेन्ट डाइरेक्टर परेस श्रेष्ठले जनाएअनुसार गोदावरीबाट दौड शुरुवात हुनेछ । यसका लागि सेनाका स्वयमसेवकलाई समेत परिचालन गर्ने श्रेष्ठले बताएका छन् ।