आकाश र अभिषेकको जोडी च्याम्पियन


काठमाडौं, (नेस)

उज्यालो ओभरसिजका खेलाडीद्धय अभिशेक गुरुंग र आकाश छन्त्यालको जोडी मनोहरा ब्याडमिण्टन एकेडेमी, लौहकिल्थली भक्तपुरले आयोजना गरेको प्रथम मनोहरा ब्याडमिण्टनको च्याम्पियन बनेका छन ।

७ भदौदेखि आयोजना गरिएको प्रतियोगिताको फाइनल खेलमा छन्त्याल र गुरुंगको जोडीले सशस्त्र प्रहरी र नेपाल प्रहरी क्लवका देवकोटा ब्रदर्स निराजन र निरविक्रम देवकोटाको जोडीलाई १८—२१, २१—१९ र २१—१६ ले पराजित गरेका थिए ।

काठमाडौ, ललितपुर भक्तपुरका गरि ५४ जोडी (मेन्स डबल) ले भाग लिएको सो प्रतियेगितामा पुर्ण बहादुर थापा र अनिश श्रेष्ठको जोडी तथा सुरज महर्जन र रुकेश महर्जनको जोडी तृतीय भएको थियो ।
प्रथम भएका जोडीलाई नगद ३० हजार, दोस्रो हुने जोडीलाई नगद २० हजार तेस्रो हुने जोडीलाई नगद १० हजार ट्रफि, पदक र प्रमाणपत्र दिइएको थियो ।

मनोहरा ब्याडमिन्टन एकेडेमी लौकल्थिलीको कभर्ड हलमा आयोजित सो प्रतियोगिताका विजयीहरुलाई नेपालका पुर्व भेट्रान राष्ट्रिय ब्याडमिण्टन खेलाडी कुमार मोहन बहादुर शाही, मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठ, मनोहरा ब्याडमिण्टन एशोसियसनका अध्यक्ष रामजी बहादुर श्रेष्ठलगायतले नगद, ट्रफि तथा पदक वितरण गरे ।