पुर्व गृहमन्त्री शर्मा सहिद पार्क अवलोकनमा

0
Shares

काठमाडौं,(नेस) । दश बर्ष द्वन्दका समयमा मारिएका तथा बेपता परिवारका सदस्यहरुका साथ पुर्व गृहमन्त्री जनार्दन शर्मा द्वरा गोकर्णेश्वर अवस्थित सहिद पार्क अवलोकन कार्यक्रम सम्पन्न भएको छ ।

पार्क विकास समितीका अध्क्षय सुरेन्द्र वाग्ले अवलोकनकर्तालाई पार्कको निर्मणाधिन अवस्थाको बारेमा जानकारी गराउनुका साथैसाथै शर्मा लाई प्रतिबेदन पनि हस्तन्तरण गरिएको छ ।

पुर्व मन्त्री शर्माले कार्यक्रमलाई सम्बोधन गर्दै सहिद पार्क इतिहसलाई संस्थागत गर्ने माध्यम रहेको र यसमा सहिद तथा बेपता परिवारले पनि आफ्नो योग्यता अनुसार को योग्दान पु¥याउन सक्ने बताउनु भएको छ ।

पार्क विकासमा द्वन्दपीडित को सहभागिताका लागि प्रत्येक समितिमा पाँच सदस्य रहनेगरी पाँचवटा समिती गठन गरिएकोछ । जसमा पुर्वधार विकास समिति, सहिद बेपता नाम तथा जिवनी सङ्कलन समिति, सहिद तथा बेपत्ताहरुको साहित्य सङ्कलन तथा पुस्तकालय र अनुसन्धान केन्द्र विकास समिति, सहिद प्रतिस्ठान समन्व्य समिती रहेका छन ।

४५ करोडको लगानीमा २०६५ सालमा निर्माण सुरु गरिएकोमा आझै निर्माण कार्य सम्पन्न हुन सकेको छैन । राजनीतिक अस्थिरतालेनै पार्क निर्माण हुन नसकेको अध्यक्ष वाग्लेको भनाई रहेको छ ।

उहाँले थप राजनैतिक पार्टीहरुका सहिद सम्वन्धी बैचारिक मतभेद रहेतापनि सहिदहरुले विभिन्न झान्डा मुनी रहेर देशको लागि ज्यान गुमाए पनि सबैले राष्ट्र निर्माणमै योग्दान पु¥याउनु पर्ने विक्रम सम्बद २००७ वा सो भन्दा अघी र हालसम्मका सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुलाई राष्ट्रिय सहिद मान्दै सम्मानमा पार्क बनेको भन्ने कुरामा स्पस्ट हुनुपर्ने जनाएका छन । अर्को ठुलो बाधा भनेको सहिदको नाम सङ्कलनमा राज्यले सहयोग नगरेको बताउनु भयो ।

उक्त कार्यक्रम मा देशै भरी बाट काठमाडौं बसी अध्यायन गरिरहेका ३० जना द्वन्द पीडित परिवारका सदस्यहरुले सहभागिता जनाएका थिए ।