प्रशान्त वली, काठमाडौं ।
प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका ओमप्रकाश मिश्रको संसदीय सुनुवाई प्रकृया सुरु भएको छ । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारीस हुनुभएका मिश्र विरुद्व संसदीय सुनुवाई विशेष समितिले उजुरी माग गर्ने निर्णय गरेको समितीकी सदस्य पुर्णाकुमारी सुबेदीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।
आईतबार बसेको सुनुवाइ समितिको वैठकले १० दिनको समय दिँदै सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको छ । समितीकी सदस्य सुवेदीले भन्नुभयो– सुनुवाईका लागि ‘१० दिने सूचना जारी गरेका छौ । अव सुनुवाई प्रकृया अघि बढेको छ । अब मिश्र बिरुद्ध जो कोहीले प्रकृया पुरा गरेर उजुरी गर्न सक्नुहुन्छ । उजुरीको आधारमा सुनुवाई प्रकृया अघि बढ्छ । ’
समितिले मिश्रले न्यायाधीशको रुपमा सम्पादन गरेका कार्य, उहाँको व्यक्तिगत र शैक्षिक विवरण लगायतका विबिध विषयमा उजुरी दिन सक्ने व्यवस्था गरेको जनाएको छ ।
यसअघि सिफारिस हुनुभएका वरिष्ठत न्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत भएपछि मिश्रको नाम सिफारिस गरिएको हो । जोशीविरुद्ध शैक्षिक प्रमाणपत्र र उहाँले गरेका फैसलाहरुको प्रश्न सुनुवाई समितिमा उठेपछि उहां अनुमोदन हुनुभएको थिएन ।
न्यायपरिषद्ले वरिष्ठताका आधारमा जोशी पछि मिश्रको नाम सिफारिस गरेको थियो । तत्पश्चात गत भदौ ७ गते बसेको संवैधानिक परिषद्को बैठकले मिश्रको नाम संसदीय सुनुवाइका लागि सिफारिस गर्दै पठाएको थियो । सुनुवाई समितिको दुई तिहाई बहुमतले अनुमोदन गरे मिश्र आगामी पुससम्म प्रधानन्यायाधीश हुनुहुने पक्कापक्की जस्तै छ ।
संसदीय सुनुवाई समितिबाट अस्विकृत हुनुभएका जोशी बिदामा बसेसंगै मिश्रले हाल कायममुकायमको जिम्मेवारी सम्हाल्दै सर्वोच्चको नेतृत्व गरिरहनुभएको छ । सर्वोच्च बिगत पाँच महिनादेखि कार्यकारी बिहीन हुँदा नितीगत निर्णयमा समस्या देखिएको छ भने संवैधानिक इजलास समेत बस्न सकेको छैन ।











प्रतिक्रिया