लडाकु शिविरलाई युद्धपर्यटनको केन्द्र बनाइने

0
Shares

दिपेन्द्र शर्मा, सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले लडाकु शिविरलाई युद्ध पर्यटनका रुपमा विकास गर्नुपर्ने वताएका छन ।
सेना समायोजन पछि आज पहिलोपटक लडाकु ब्यारेक सुर्खेतको दशरथपुर पुग्नुभएका मुख्यमन्त्री शाहीले लडाकुशिवीर संरक्षण गरेर युद्ध पर्यटनको रुपमा विकास गर्नुपर्ने वताएका हुन ।
लडाकुहरुले प्रयोग गरेका संरचनाहरुलाई संरक्षण गर्न जरुरी रहेको मुख्यमन्त्री शाहीले वताए । यो इतिहास हो यसलाई संरक्षण गर्न जरुरी रहेको छ उनले भने । मन्त्री शाहीले तत्कालीन माओवादी सेना शान्ती प्रक्रिया पछि ब्यारेकमा वस्दा छैटौ डिभिजनको नेतृत्व गरेर वसेको ठाँउलाई अवलोकन गरेका थिए ।
आफुले छैटौ डिभिजनको नेतृत्व गरि रहदा रसिया, अमेरिका लगाएका देशका विद्यार्थीहरुले लडाकुबारे अनुसन्धान गरेको बताउँदै यो इतिहास लाई वचाउन लडाकुले प्रयोग गरेका सबै संरचनाहरुलाई संरक्षण गर्नेपर्ने वताए । उनले भने हाम्रो यो शिविर लाई विदेशीहरु वाट समेत महत्व दिएर यसको अनुसन्धान गरी उनिहरुले शिक्षा प्राप्त गरेका छन । यो हाम्रो सम्पदा भएकोले यसलाई युद्ध पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न जरुरी छ ।
विगतमा लडाकुले प्रयोग गरेका संरचना र सामाग्रीलाई संग्रालय वनाई पर्यटनका रुपमा विकास गर्न पहल गर्ने शाहीले जानकारी दिए । राज्यसत्ता परिवर्तन नगरी समृद्ध नेपाल निर्माण नहुने भन्दै मुख्यमन्त्री शाहीले जनयुद्ध गर्नुपरेको वताए ।
मुख्यमन्त्री शाहीले सुर्खेतको दशरथपुरमा रहेको छैटौ डिभिजनको दुइ वर्ष नेतृत्व गर्नु भएको थियो । तत्कालीन माओवादी सेनाका मुख्य र सहायक शिविर गरि २१ वटा अस्थायी शिविर रहेका थिए । त्यसै मध्येका तिन वटा सुर्खेतको लेखवेसी नगरपालीकाको दशरथपुरमा रहेका थिए ।
कर्णाली प्रदेशको मुख्यमन्त्री भएपछि पहिलोपटक ब्यारेक हेर्न पुगेका शाहीले आफु वसेको भवन , ब्यारेक तथा आफुले प्रयोग गरेका गाडीहरुको अवलोकन थिए । तत्कालिन नेकपा माओवादीले संचालन गरेको जनयुद्धमा निमार्ण गरिएको जनमुक्ति सेनामा डिभिजन कमाण्डरका रुपमा काम गरेका थिए ।
माओवादी सेनाले प्रयोग गरेका व्यारेकहरु जिर्ण भई घासेझारीमा परिणत भएकाले सरकारले यसको संरक्षण गर्नुपर्ने कर्णाली प्रदेशकी भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री विमला केसीले वताइन ।
मन्त्री केसीले यसको इतिहासलाई बचाउनु प्रदेश सरकारको दायित्व भएकोले संरक्षणका लागी सरकारले आवश्यक पहल तथा कार्य गर्ने जानकारी दिइन ।