बिक्रिमा राखिएको ड्युमा मट्टीतेलको गन्ध

0
Shares

रामधन राई, खोटाङ ।
खोटाङस्थित साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङको एक पसलमा राखिएको ड्युमा मट्टीतेलको गन्ध पाईएको छ । पसलमा बिक्रीका लागि राखिएको जम्बो ड्युमा मट्टीतेलको गन्ध आएपछि उपयोग नै नगरी फालिएको छ ।
गाउँपालिकाका कर्मचारी, ईलाका प्रहरी कार्यालय मात्तिमका प्रहरी, स्थानीय शिक्षक लगायतले पिउनका लागि किनेको २.२५ लिटरको जम्बो ड्युमा मट्टीतेलको गन्ध आएपछि फालिएको साकेला गाउँपालिकाका प्रमुख अर्जुन खड्काले बताउनुभयो ।
ग्लासमा खन्याइएको ड्यु पिउने क्रममा मट्टीतेलको गन्ध आएपछि बोत्तलको मुखमा सुँघ्दा समेत मट्टीतेलको गन्ध आएको थियो । मिसावटको शंका लागेपछि पसलमा गएर अन्य जम्बो ड्युको बोत्तल खोल्दा समेत उस्तै समस्या देखिएको जनाईएको छ ।