गाउँपालिकाका अध्यक्ष लामाको तलब बृद्धाश्रममा

0
Shares

काभ्रे ।
रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले जन्म दिनको अवसरमा एक महिनाको पारिश्रमीकबाट खाद्यान्न, लत्ता कपडा तथा बृद्धाश्रममा आवश्यक पर्ने सामान खरिद गरी बनेपामा रहेको बौद्ध बृद्धाश्रममा हस्तान्तरण गरेका छन् ।
भाद्र १० गते परेको जन्म दिनको अवसरमा लामाले दुइृ वर्ष अघि सामुदायिक विद्यालयमा शैक्षिक सामाग्रि वितरण गरेका थिए । बनेपामा रहेको बृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुलाई लत्ता कपडा र खाद्यान्न हन्तारण गरिएको अध्यक्ष लामाले बताए । ‘बृद्धाश्रमलाई माईक्रो ओभन आवश्यक थियो’–बृद्धाश्रमकी रेखदेख गर्ने शर्मिला श्रेष्ठले भनिन–‘अध्यक्ष लामाले ओभन सहितका अन्य सामाग्रीहरु हस्तान्तरण गरे पछि हामी खुशी भयौं ।’ अध्यक्ष लामाले माईक्रो ओभन, पाँच बोरा चामल, नुन, तेल, हर्लेक्स, सारी चोलो, दौरा सुरुवाल, सर्ट पाईन्ट, मिठाई, फलफुल सहितका सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।

‘बृद्धाश्रममा सहयोग गर्न पाउँदा आफ्नै बाबु र आमा जस्तै अनुभुति भएको छ’–अध्यक्ष लामाले भने–‘गत वर्ष बुबा वितेपछि मलाई त्यस्तो याद आएको थिएन, बृद्धाश्रमले त्यहि कुरा सम्झाईदियो ।’ अध्यक्ष लामाको तलब ३० हजार छ । तीस हजार बराबरको तलबको सामाग्री खरिद गरिएको उनले बताए । हरेक वर्ष आफुले जन्म दिनको अवसरमा सामाजिक कार्य गर्ने अभियान शुरु गरेको उनले बताए । बृद्धाश्रममा सामाग्री वितरणको संयोजन नेपाल पत्रकार महासंघले गरेको थियो ।