निर्माणाधिन महिला बन्दी गृह एक दशकदेखि अलपत्र

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।
जिल्लाको सदरमुकाम कुश्मावजारमा निर्माणधिन धौलागिरीकै पहिलो महिला बन्दी गृह आर्थिक अभावमा अलपत्र बनेको छ ।
निर्माण सुरु भएको झण्डै दश वर्ष पुगिसक्दा पनि सरकारबाट पर्याप्त रकम निकासा नहुँदा निर्माण कार्य रोकिएको हो । २५ जना क्षमताको उक्त बन्दी गृहका लागि ७२ लाख मध्ये तत्कालीन समयमा १४ लाख मात्र निकासा भएको थियो ।

पटक पटक सम्वनिधत निकायमा रकम माग गर्दा पनि निकासा नहु“दा पर्वत कारागारमा निर्माणाधिन अवस्थामा रहेको बन्दीगृह निर्माण कार्य प्रभावित बनेको हो । कारागार कार्यालयका प्रमुख मोहनप्रसाद उपाध्यायले भन्नुभयो ‘अलपत्र अवस्थामा रहेको बन्दी गृह सम्पन्न गर्नका लागि वर्षेनी बजेट माग गरेको भएपनि कुनै सुनुवाई भउको छैन । निर्माण सुरु गरेको नौ बर्ष विति सक्यो,’ उहाँले भन्नुभयो, ‘आर्थिक अभावले पूर्णता दिन सकिएको छैन ।’
उनका अनुसार निकासा भएको १४ लाख रुपैँयाले पर्खाल निर्माणको आधा काम मात्र सकिएको छ । अहिले निर्माणाधिन महिला बन्दी गृहमा झारजंगल हुर्किएको छ भने उक्त पर्खाल समेत जीर्ण बनेको छ । २५ जना क्षमताको उक्त बन्दी गृहका लागि ७२ लाख मध्ये आर्थिक बर्ष २०६६÷६७ मा १४ लाख मात्र विनियोजन भइ काम सम्पन्न भएको थियो ।

०६६ माघबाट निर्माण सुरु गरिएको बन्दी गृहको १० प्रतिशत पनि काम सम्पन्न भएको छैन । एक बर्षभित्रै निर्माण कार्य पुरा गर्ने लक्ष्यका साथ निर्माणको काम सुरु गरिएको भएपनि समयमै बजेट निकासा नभएपछि अलपत्र बनेको कार्यालय प्रमुख उपाध्यायले बताउनुभयो ।
महिलाका लागि छुट्टै बन्दी गृह निर्माण गरिएको धौलागिरि क्षेत्रमै यो यो पहिलो हो । महिलाकै लागि भनेर निर्माण गरिएको उक्त गृहमा बागलुङ, म्याग्दी र मुस्ताङदेखि समेत महिला बन्दीलाई राख्न मिल्ने गरी निर्माण कार्य थालनी गरिएको थियो ।

२५ जना कैदी बन्दीको क्षमता भएको पर्वत कारागारमा अहिले ५ महिला सहित ७८ जना कैदिबन्दी रहेका छन् । जसमध्ये ७२ जना कैद समाय तोकिएका छन् भने ६ जना थुनुवा बन्दी रहेका छन् । महिला बन्दी गृह निर्माण नभएपछि कारागार भित्रै पार्टेशन गरेर दुई भागमा महिला पुरुषलाई राखिएको छ । क्षमता भन्दा तेब्बरको संख्यामा कैदी बन्दी राख्नुपर्दा निकै समस्या परेको कार्यालयले जनाएको छ ।
संख्या अत्याधिक भएकै कारण दुई वर्ष अघि कारागारमा कैदीबन्दीहरबीच झगडा समेत भएको थियो । साघुँरो भवनमा ठुलो संख्याला व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । तीनै तहका सरकार बनिसकेपछि अलपत्र बन्दीगृह निर्माणका लागि कसैले चासो नदिएको कार्यालयको गुनासो छ ।
समाप्त भदौ १०