आफुले जितेका स्थानीय तहहरुमा कर घटाउने कांग्रेसको तयारी

0
Shares

सरोज यादव, विराटनगर ।
नेपाली कांग्रेसले आफुले जितेका स्थानीय तहहरुमा कर घटाउने तयारी गरेको छ । नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले आइतबार दिउसो विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै यस्तो जानकारी दिएका हुन ।
उनले अत्यधिकरुपमा बृद्धि गरिएको करका कारण जनताले समस्या झेल्नुपरेको भन्दै कांग्रेसले जितेका स्थानीयतहरुमा कर घटाउने तयारी गरिएको बताए । उनले कर घटाउने बिषय र उपलब्ध बिकास बजेटलाई परिचालन गर्ने बिषयमा कांग्रेसबाट जितेका स्थानीय तहका मेयर उपमेयर र अध्यक्ष उपाध्यक्षलाई प्रशिक्षण दिन सोमबार काठमाण्डौमा प्रशिक्षण कार्यक्रम गर्न लागिएको जानकारी नि दिए ।

प्रशिक्षण कार्यक्रमकैबीच जथाभावीरुपमा कर बढाइएको भए पार्टीले घटाउन निर्देशन दिने उनको भनाई थियो । नेता गच्छदारले जनप्रतिनिधिहरुलाई गरिब मुलुकको जनताको सेवककोरुपमा काम गर्न सुझाव दिएका छन । उनंले मंहगो गाडी र सेवासुविधाको पक्षमा नलाग्न आग्रह गर्दै थोरै सुविधा लिएर धेरै सेवा दिन सुझाव दिए ।
नेपाली कांग्रेस एउटा असल प्रतिपक्षिको भुमिका निर्वाह गरिरहेको बताउंदै उनले सरकारले गरेको असल कामको समर्थन र संबिधान विपरीतको कामलाई बिरोध गर्ने बताए ।