गोल्डेनपिक र भ्याली च्याम्पियन


काठमाडौं, (नेस)
सातौं गोल्डेनपिक अन्तरस्कुल बास्केटबल प्रतियोगितामा आयोजक गोल्डेनपिक र भ्याली पब्लिक स्कुल च्याम्पियन बनेका छन्। जुनियर ब्वाइजको उपाधि भिडन्तमा गोल्डेनपिकले ग्रिनल्यान्ड स्कुललाई २७—१३ को जित निकाल्दै च्याम्पियन बनेको हो।
गोल्डेनपिको जितमा उत्कृष्ट प्रदर्शन गरेर मोस्ट भ्यालुएबल खेलाडी चुनिएका प्रवेश राईले सर्वाधिक १२ स्कोर गरे। चावहिलको सरस्वतीनगरस्थित आयोजकको कोर्टमा भएको सिनियर ब्वाइजको उपाधि भिडन्तमा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई ६१—३३ को स्कोरमा स्तब्ध बनाउँदै च्याम्पियन बन्न सफल भयो। भ्यालीको जितमा मोस्ट भ्यालुएबल खेलाडी बनेका राहुल विकले सर्वाधिक २० स्कोर गरे।