विजय नेपाली, पोखरा
पोखरा १९ लामौचारकी एक बालिका मृत फेला परेकी छन् । बाटुलेचौर स्थित विन्ध्यवासीनि मावि कक्षा ६ मा अध्ययनरत बालिका बेपत्ता भएको बालिका मृत फेला परेकी हुन् । १३ बर्षिया वालिका पुष्पा केसी बिहीबार विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी थिइन् ।
विद्यालयको बसले करिब साढे ४ बजे छाडेको उनी घर नपुगेपछि बिहीबार साँझबाटै परिवार र स्थानीयले उनको खोजी गरेका थिए । उनको खोजी गर्ने क्रममा शुक्रबार साँझ मृत अवस्थामा फेला परेकी हुन । पोखरा १९ फापरतरोमा केसी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रबिन्द्र बहादुर गुरुङ्गले जानकारी दिए ।
“मलाइ छोरी हराउने वितिकै खबर गरेको भए त्यही दिनमा पाइन्थ्यो होला एक दिन पछि मात्र थाहा पाए, खबर पाउने वितिकै खोजी गर्दा छोरिको शव झाडिमा भेटियो“ –मृतकका काका ध्रुव केसिले भने । दिदी बहिनी एउटै थालमा खाना खान्छ्न, सधै एकै ठाउमा झर्नेहरुलाइ, बहिनिलाइ घरको गेट अगाडी झारियो तर दिदी भने केही तल झरेकी रहिछन, आखिर बसले किन छुट्टाछुट्टै र्झायो त्यो बुझ्न् आवश्यक छ“ केसिले भने ।
बालिकाको घरभन्दा करिब साढे दुई किलोमिटर पर सव भेटिएको हो । उनको झोला भने पोखरा १९ ढाडमा घर देखी करिब १ किलोमिटर पर भेटिएको थियो । उनको हत्या भएको हुन सक्ने काका केसिले बताए ।
पढाइ सकेर घर फर्कने क्रममा सधै झर्ने भन्दा केही तल तरकारी किन्नु छ भन्दै बसबाट झर्ने क्रममा झोला राख भन्दा तरकारी हाल्नु पर्छ भनि झोला सहित झर्ने अनुमति मागेकाले सो स्थानमा झर्न दिइएको र घर आउने ठाँउमा निजको बहिनी झरेको तर पुष्पा भने त्यसपछि घर नगई परिवारको सम्पर्कबाट बाहिर रहेको अवस्थामा मृत फेला परेको विधालयले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
बालिकाको शव भेटिएको खवर पाउने वितिकै प्रहरी घटनास्थल पुगि घटनाको सम्पुर्ण मुचुल्का उठाइ पोस्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकीमा लगिएको र पोस्टमार्टमको रिपोर्ट पछि मात्र मृत्युको कारण थाहा हुने डिएसपी गुरुङले जानकारी दिए ।











प्रतिक्रिया