९६ प्रतिशतलाई पहिलो किस्ता

0
Shares

हेटौंडा, (नेस)
२०७२ वैशाखको भुकम्पमा घर क्षति भएकामध्ये मकवानपुरका ५६ प्रतिशतले मात्र तेस्रो किस्ता लगेका छन् । पुनर्निर्माणका लागि सम्झौता गरेकामध्ये ५६ प्रतिशतले तेस्रो किस्ता लगेका हुन् ।
मकवानपुरमा ३३ हजार २ सय ६६ लाभग्राही रहेकोमा २५ हजार २ सय ८६ ले प्राधिकरणसँग सम्झौता गरेका छन् । १७ हजार ४ सय ४५ जना (७१ प्रतिशत) ले दोस्रो किस्ता र २४ हजार ३ सय ४३ (९६ प्रतिशत) ले पहिलो किस्ता लगेको जिल्ला कार्यान्वयन एकाईंले जनाएको छ ।
तीमध्ये साउनसम्म ९ हजार ८ सय ८३ लाभग्राहीले तेस्रो किस्ता लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजन कार्यान्वयन एकाईंका इञ्जिनियर रविन पाठकले बताउनुभयो ।
तेस्रो किस्ता लिएकामध्ये ७ हजार ८ सय घर पूर्णरुपमा निर्माण सम्पन्न भएको छ । कार्यालयका इञ्जिनियर र ओभरसियर पनि सबै स्थानीय तहमा पुगेका कारण पुनर्निर्माणको निगरानी र मूल्यांकन छिटो भइरहेको एकाईंले जानकारी दिएको छ ।