जात्रापर्वलाई शान्तिपूर्ण समन्वयकारी भूमिकाको खाँचो

0
Shares

नेपाल समाचारपत्र, ललितपुर
ललितपुरको जात्रा, पर्व शान्तिपूर्ण रुपमा सञ्चालन गर्न समुदाय र प्रहरी प्रशासनको समन्वयकारी भूमिकाको खा“चो एक कार्यक्रमका सहभागीहरुले औल्याएका छन् ।

महानगरीय प्रहरी प्रभाग मंगलबजार, अरनिको सांस्कृतिक तथा व्यावसायिक समाज, राष्ट्रिय युवा महासंघ ललितपुर, बौद्ध युवा कमिटी, थ्री स्टार क्लबले शनिबार आयोजना गरेको प्रहरी प्रशासनको भूमिका विषय अन्र्तक्रिया कार्यक्रम आयोज उनीहरुले सो खा“चो औल्याएका हुन् ।

उनीहरुले स्थानीय भाषा, संस्कृति बुझेर नै शान्ति सुरक्षाको कार्यमा प्रहरी प्रशासन भूमिका प्रभावकारी हुने पनि धारणा राखे । शनिबारदेखि ललितपुरमा सञ्चालन हुने कुम्भेश्वर मेला, गाईजात्रा, मतया, पर्व, कृष्ण पूजा, भिमसेन जात्रा पर्वको महत्व प्रहरी प्रशासन बुझाउन सो कार्यक्रम आयोजना गरेको थियो ।

ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले ललितपुरको मूर्त, अर्मूत संस्कृति संरक्षणमा सबै पक्षका समन्वयात्मक प्रयासको आवश्यकता औल्याउनुभयो । सो अवसरमा अरनिको सांस्कृतिक तथा व्यावसायिक प्रर्वद्धन समाजका अध्यक्ष अजरमान जोशीले संस्कृति, सम्पदा र जात्रापर्वलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन प्रहरी प्रशासन र सरोकारवालाबीच निरन्तर संवादको खा“चो रहेको बताउनुभयो । उहा“ले आपसी समन्वयबाट नै शान्ति सुरक्षा र अपराध न्यूनीकरण गर्न सकिने पनि विचार व्यक्त गर्नुभयो ।

ललितपुर क्षेत्र नं २ का पूर्व सांसद् चन्द्र महर्जनले कानून र व्यवहारबीच सन्तुलनमा राखेर प्रशासनले भूमिका निवार्ह गरेमा जनताको मनजित्न सकिने बताउनुभयो । ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले स्थानीय भाषा, संस्कृति, इतिहास र सभ्यतालाई बुझ्न सके प्रहरीप्रति समुदायको अपनत्व बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा मुछेआगं गुठीका प्रतिनिधि सामाज्य श्रेष्ठले विगतमा शान्ति सुरक्षाको कारण बन्द भएको पायो जात्रा, नवर्दुगा नाच सञ्चालनका लागि पहल भइरहेको उल्लेख गर्दै त्यसका कार्यमा प्रहरी प्रशासनको सहयोगको खा“चौ औल्याउनुभयो ।

राष्ट्रिय युवा महासंघ ललितपुरका अध्यक्ष राजेश बज्रचार्यले टोलटोलमा प्रहरी र प्रहरी मेरो साथी अभियानलाई सार्थकता दिन प्रहरी प्रशासनले स्थानीय चाडपर्व र त्यसको भावनालाई बुझेर उचित भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले शान्ति सुरक्षा र अपराध न्यूनीकरणका लागि समुदायको अग्रसरता, समन्वयको हुनुपर्ने बताउनुभयो ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्रबहादुर धानुकले प्रहरी प्रशासन जनताको शासक नभई सेवक रहेकोले सोही मर्म अनुरुप काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस अघि प्रमुख जिल्ला अधिकारी जोशी र प्रहरी वरिष्ठ उपरीक्षक धानुकलाई समाजसेवी मोतिशान्ति शाक्य र हसिना शाक्यले नेवारी परम्परा अनुसार सगुन दिएर स्वागत गरिएको थियो ।