ढुङ्गा टिप्ने क्रममा बाढीले ट्याक्टर बगायो

0
Shares

बारा ।
खोलामा बाढीले बगाएर ल्याएको ढुङ्गा टिप्ने क्रममा बाराको निजगढ नगरपालिका वडा नम्बर ४ स्थित बकैया खोलामा शनिबार बिहान एउटा अनटेष्ट ट्रयाक्टर बगाएको छ ।
बाढीको ढुङ्गा टिपेर लोड गर्ने क्रममा खोलामा अचानक आएको बाढीले स्थानीय पल्टनीया कुमरको नम्बर उल्लेख नभएको नयाँ ट्याक्टर बगाएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । ट्याक्टरका चालक समेत रहेका कुमर र अन्यले भने भागेर ज्यान जोगाएका थिए । कुमरले खोलामा ट्रयाक्टर धुने क्रममा बाढीले बगाएको बताएका छन । खोलाभित्रै ट्रयाक्टर लगेर ढुङ्गा टिप्ने क्रममा अचानक आएको बाढीले ट्रयाक्टर बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । बाढीले बगाएको ट्याक्टरको खोजी भइरहेको भएपनि फेला पार्न नसकिएको प्रहरीले बताएको छ ।