नगरप्रमुख महर्जन र वाणिज्य संघबीच विवाद उत्कर्षमा

14
Shares

प्रमुख महर्जन र उपप्रमुख गीता सत्याल २०२८ सालदेखि बस्दै आएका व्यापारीहरुलाई विस्थापित गर्ने अडानमा हुनहुन्छ भने संघले व्यवसायीको पक्षमा आवाज उठाउँदै आएको छ ।

सुनील महर्जन, ललितपुर ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र ललितपुर उद्योग वाणिज्य संघ बीच विवाद निकै चर्किएको छ ।
लगनखेल र पुल्चोकका करिब एक सय पसल कवल टेण्डर आहवान गर्ने बारे प्रमुख महर्जन र संघबीचको विवाद अहिले उत्कर्षमा पुगेको हो । शनिबार ललितपुरमा भएको एक कार्यक्रममा महर्जनले संघ र संघको अध्यक्षको नाम पटक पटक किटान गर्दै आक्रोश पोखेपछि विवादको उत्कर्ष पुगेको तथ्य बाहिर आएको हो ।
प्रमुख महर्जन २०२८ सालदेखि बस्दै आएका व्यापारीहरुलाई विस्थापित गर्ने अडानमा हुनहुन्छ भने संघले व्यवसायीको पक्षमा आवाज उठाउ“दै आएको छ ।सार्वजनिक खरिद ऐन अनुसार सो टेण्डर आहवान गर्नुपर्ने प्रमुख महर्जनको भनाई रहेको छ । हरेक वर्ष नवीकरण गर्दै आएका व्यवसायीहरुलाई हठात् हटाउन नहुने पक्षमा संघ उभिद“ै आएको छ ।
कुमारीपार्टी – जावलाखेल व्यापार संघको तेस्रो साधारण सभामा प्रमुख महर्जनले व्यवसायीको पक्षमा संघले राख्दै आएको अडानले जटिलता निम्त्याएको भन्दै निकै आक्रोश व्यक्त गर्नुभयो । प्रमुख महर्जनले आक्रोश पोखिरह“दा संघका अध्यक्ष कृष्णलाल महर्जन, निर्वतमान अध्यक्ष सविन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष भरतलाल जोशी, उपाध्यक्ष रुपकुमार शाक्यको सभामा हुनुहुन्थ्यो ।
प्रमुख महर्जनले सभाको अन्त्यतिर बोल्दै जाने क्रममा एकाएक संघप्रति आक्रोश पोख्नुभएको थियो ।‘ऐन, कानूनले टेण्डर आहवान गर्नुपर्ने भनेको छ । तर तपाईहरु त्यसको विरुद्धमा रहनुभएको छ ।म कानूनको विरुद्धमा जान सक्दिन । तैपनि तपाईहरुले अडान छोड्नुभएको छैन ।यसले मलाई निकै अप्ठ्यारो पारेको छ ।’निकै आक्रोश व्यक्त गर्दै प्रमुख महर्जनले भन्नुभयो ।
‘संघको अडानले समस्यालाई निकै गा“ठो पारेको छ । कसरी समाधान गर्ने ? संघको अध्यक्ष कृष्णलाल एण्ड कम्पनीले बुझ्नुपर्ने कुरो होइन र हो ।’ प्रमुख महर्जनले भन्नुभयो ‘त्यसै त कार्यपालिकामा मेरो बहुमत छैन। यस्तो अवस्थामा संघको अडानले झन् जटिलता थपिदिएको छ ।’
पसल कवल भाडामा दिन टेण्डर आहवान गर्ने विवाद चर्किदै गएपछि नगर कार्यपालिकामा समेत प्रमुख महर्जन एक्लि“दै जानुभएको छ ।टेण्डर आहवान गर्ने प्रमुख महर्जनको तयारी उपप्रमुख गीता सत्याल बाहेक लगभग सबै वडाअध्यक्ष विपक्षमा उभिएका छन् ।
सो विषयमा अध्ययन गरेर प्रतिवेदन दिन महानगरपालिकाले नेकपाबाट निर्वाचित वडा नं ३ का अध्यक्ष श्रीगोपाल महर्जनको संयोजकत्वमा एक समिति गठन गरेको थियो । सो समितिले पनि हाल बस्दै आएका व्यापारीहरुलाई एक वर्षका लागि यथावत राख्ने पक्षमा प्रतिवेदन दिएको थियो । ‘२०२८ सालमा तत्कालीन नगर विकास समितिको स्वीकृति लिएर आफैले टहरा बनाई बसेका स्थानीय व्यापारीहरुलाई एकाएक हटाउनु न्यायोचित हुन्न । ’ वडाअध्यक्ष महर्जनले भन्नुभयो ।
‘७ दिन भित्र दिनुपर्ने प्रतिवेदन ३३ दिन लगाएर दिइयो ।यसले गर्दा टेण्डर गर्नुपर्ने समय नै गुज्रियो । समस्यालाई यसरी गा“ठो पारेपछि कसरी फुकाउने ? कि संघका अध्यक्ष कृष्णलाल महर्जन एकचोटी मेयर भएर हेर, कति गा¥हो छ अनि बुझ्नुहुन्छ ।’ प्रमुख महर्जनले भन्नुभयो ।
सार्वजनिक समारोहमा बिनाप्रसंङ्ग प्रमुख महर्जनको आक्रोशले व्यवसायीहरुको पक्षमा संघले लिइरहेको अडानलाई कति दृढ छ भनेर प्रमाणित गरेको संघका अध्यक्ष कृष्णलाल महर्जनले प्रतिक्रिया दिनुभयो । संघप्रति आक्रोश व्यक्त गरेर संघको गरिमा बढाएको पनि अध्यक्ष महर्जनको कथन रहेको छ ।
‘हामी ऐन कानूनको विरोधमा होइन । हरेक वर्ष गर्दै आएको नवीकरणले कानून उल्लंघन गरेको छैन भनेर अहिले कसरी ऐन विपरीत भयो ।’आफैले टहरा बनाई बसेको हकमा न्याय हुने कि नहुने प्रश्न मात्र हो ।’ अध्यक्ष महर्जनले भन्नुभयो ।
प्रमुख महर्जनको आक्रोश र प्रस्तुती चारै तिरबाट घेराबन्दीमा परेपछिको हतास मनस्थितिको उपज रहेको ललितपुर उद्योग वाणिज्य निर्वतनमान अध्यक्ष सविन श्रेष्ठको भनाई रहेको छ । चुनाव जिते लगतै संघले बनाएको आर्थिक योजनालाई नै महानगरपालिकाले स्वीकार गरेर अघि बढ्ने प्रतिबद्धता प्रमुख महर्जनले व्यक्त गर्नुभएको एक वर्ष नहु“दै आपसी सम्बन्ध चिसिएको हो ।