शौचालय अभावमा पर्यटकलाई सास्ती

0
Shares

सलिम अन्सारी,प्युठान ।
भारतको उत्तरप्रदेशका रमेश श्रीवास्तव र नरेस मिश्र भिङ्गग्रीबाट २ घण्टाको पैदलयात्रापछि धर्मशाला बजार आईपुगे। स्वर्गद्धारी जांदै गर्दा पिसाबले च्याप्यो। यताउती हेरे । उनीहरू बजार भर चहारे। तर कतै देखेनन् सार्वजनिक शौचालय। केही उपाय नलागेपछि बजारको छेवैमा पसल गरिरहेकालाई भनेर उनैको शौचालयमा पसे।
पर्यटकलाई कुनामा लगेर शौचालय देखाइदिँदैमा यहाँका पसले हैरान छन्। शिक्षक तथा व्यवसायीका रूपमा काम गर्दै आएका श्रीवास्तव र मिश्रले नेपालका सबै कुरा राम्रा लागे पनि शौचालय व्यवस्थापन नगरेकोमा दुःख लागेको बताए। ‘नेपालीहरू एकदमै इमानदार देखेँ, मौसम उति नै राम्रो, सबै कुरा राम्रो हुँदाहुँदै पनि पर्यटकीय स्थलमा शौचालयको व्यवस्थापन नगरेको देख्दा अचम्म लाग्यो’, श्रीवास्तवले भने।
मुलुककै दोश्रो खुलादिसा मुक्त घोषणा गरिएको प्युठानका पर्यटकिय क्षेत्रमा पर्याप्त सार्वजनिक शौचालय छैन्न। जिल्लाको भिङ्री देखि पर्यटकिय स्थल स्वर्गद्धारी जोड्ने १३ किमि सडकमा सार्वजनिक शौचालय नहुँदा घुम्न आउने सर्वसाधारणले सास्ती भोग्दै आएका छन् ।
स्वर्गद्धारी नगरपालिकाले आवश्यक स्थानमा सार्वजनिक शौचालय नबनाउँदा आन्तरिक तथा बाह्रय पर्यटक पीडित भएका छन् ।

स्वर्गद्धारी( ४ धर्मशाला बजार क्षेत्रको सडक किनारा लगायतका स्थान दिसापिसावले दुगन्धित छन् । सार्वजनिक शौचालय छैन स्थानिय गोपाल रेग्मीले भने टाढाबाट आउने तिर्थयात्रुलाई सास्ती छ।खुला रुपमा सौच गर्दा दुर्गन्ध फैलदो छ।उनले भने। नगरपालिकाले असार महिनामा ४ कोठे सौचालयको सेफ्टी ट्याकी निर्माण गरेपनि महिना दिन नपुग्दै बर्षाले भत्काएपछि स्वर्गद्धारी दर्सन गर्न हिडेका तिर्थयात्रुहरु खुल्ला ठाउंमा सौच गर्न बाध्य छ्न। उक्त धरमसालाको आसपासमा व्यापारीहरुले स्वोर्गद्वारी प्रभु महाराजको स्वरुप झल्कने फोटो पुस्तक माला पसल,होटल र अन्य ब्यापार गर्दै आएका छन। धरमसाला बजार देखि ६ किमि दुरीमा स्वर्गद्धारी पर्छ।

पर्यटक भित्रिने ‘सिजन’ हो यो। तैपनि दैनिक दुईदेखि तीन सय पर्यटक भित्रिने गरेको स्थानियले बताए। स्वर्गद्धारी आश्रमले जति आम्दानी गरे पनि सरसफाइ तथा शौचालयबारे ध्यान नदिएको पर्यटकिय क्षेत्र वरपरका व्यापारी बताउँछन्। पर्यटकीय क्षेत्रमा सरसफाइ तथा शौचालयको उचित व्यवस्थापन नहुँदा पर्यटकको संख्या घट्ने हो कि भन्ने उनीहरूको चिन्ता छ। स्वर्गद्धारी नगरपालिका ४ का वडाअध्यक्ष सुरेन्द्र हमालले पर्यटकलाई लक्षित गर्दै ब्यबस्थित सार्वजनिक शौचालय बनाईने बताए।’ पर्यटकलाइ मध्यनजर गर्दै भिङ्ग्री स्वर्गद्धारी पर्यटकिय सडकमा शौचालय बनाउने योजना बनाएको उनले जानकारी दिए। ‘अब स्तरीय ढंगले शौचालय चलाउने योजना रहेको छ’ हमालले भने।
क्यापसनस् स्वर्गद्धारी नगरपालिकाले ३ लाख लगानीमा निर्माण गरेको शौचालय। बर्षाले भत्काएपछी शौचालय प्रयोग बिहिन छ।