लायन्सद्धारा बृक्षारोपण एवं सचेतना कार्यक्रम सम्पन्न

0
Shares

पोखरा ।
लायन्स क्लव अफ पोखरा पिस टाउनको आयोजनामा बृक्षारोपण एवं भुक्षय सम्बन्धि जनसचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं ११ र १२ को सिमानामा रहेको जयकोट सामुदायिक बनमा शनिवार विभिन्न १४० प्रजातिका विरुवाहरु रोपिएका छन् । रोपिएका बिरुवाहरुमा राईखनियो, तेजपात, रुद्राक्ष, लप्सी, चाप, पैयु लगाएतका रहेका क्लबका सचिव सिता तिमिल्सीनाले जानकारी दिईन ।

बिश्वमा बढ्दो पर्यावरणीय असन्तुलनलाई रोकथाम गर्ने लायन्स अन्तराष्ट्रिको अभियान अन्तरगत क्लवले विभिन्न प्रजातिका बिरुवा रोपिएको हो क्लबका अध्यक्ष डा विनिता कोईराला शर्माले बताईन । ‘लायन्स अन्तराष्ट्रियको अभियान र क्लवको बार्षिक कार्यक्रम अनुसार नै बृक्षारोपण गरेका छौं’ ‘यस्तै अन्य समाज सेवाका महत्वपूर्ण कायहर्रु क्लवले गर्दै आएको उनले बताईन ।’

बृक्षारोपण एवं भुक्षय सम्बन्धि जन सचेतना प्रशिक्षण कार्यक्रमका प्रमुख आमन्त्रित ब्यतित्व नेपाल सरकारका उप सचिव जिल्ला बन कार्यालय कास्कीका जिल्ला बन अधिकृत केदार बरालले जयकोट सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष शिवबहादुर कार्कीलाई बिरुवा हस्तान्रण गर्दै वातावरणिय सन्तुलनलाई कायम राख्न लायन्सले गरेको बृक्षारोपण कार्यक्रम अत्यन्त महत्वपुर्ण रहेको बताए ।

प्रमुख प्रशिक्षक समेत रहेका बरालले भुक्षय हुनुको प्रमुख कारण पहिरोको रोकथाममा अपनाउनु पर्ने सजकता सम्बन्धि जनसचेतना गराएका थिए । उनले बिकासका नाममा भएको डोजर आतंकले माटोको उर्वराशक्ति घट्दो तथा भूक्षय बढ्ने गरेको बताए । कार्यक्रममा स्थानिय सरोकारवाला जयकोट सामुदायीक बन, काँहुँ भञ्ज्याड तिराहर आमा समुह, सितलादेवि आमा समुह, भञ्ज्याड नर्सरी आमा समुहबाट उललेख्य उपस्थित रहेको थियो ।

कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ बी१ नेपालका ईभालुसन डिपार्टमेन्ट चिफ तिर्थलाल श्रेष्ठले बिश्वमा बढ्दो वातावरणीण प्रदुषणलाई नियन्त्रण गर्न लायन्सले बृक्षारोेपण र सरसफाई अभियान चलाएर वातावरणको क्षेत्रमा काम गर्दै आएको बताए ।
क्लबका अध्यक्ष डा विनिता कोईराला शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रिजन चियरपर्सन कृष्ण आचार्य, जोन चियरपर्सनद्धय टंकराज अधिकारी, उषा क्षेत्री, क्लबका निवर्तमान अध्यक्ष सिता कोईराला, कार्यक्रम संयोजक सृजना बराल, सचिव सिता तिमिल्सीना लगायतले बृक्षारोपरणको महत्वका बारेमा आ आफना भनाई ब्यक्त गरेका थिए ।