निर्मला पन्तको पक्षमा काठमाडौँमा प्रदर्शन

0
Shares

प्रशान्त वली, काठमाडौं ।
कञ्चनपुरमा बलत्कारपछि हत्या गरिएकी १३ वर्षीय बालीका निर्मला पन्तको पक्षमा काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ ।

सामाजिक सञ्जालबाट नागरीकहरु भेला भएर निर्मलाको हत्या गर्ने वास्तविक दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । प्रहरी प्रशासनले घटना लुकाउन थालेको भन्दै दोषि पत्ता लगाइ कारबाही गरिनुपर्ने नागरीकहरुको माग छ ।

प्रदर्शनमा प्रहरी प्रशासन दोषिलाई कठघरामा ल्याउन मौन भएको भन्दै व्यंग्यात्मक रुपमा कलाकर्मीले नाटक समेत प्रस्तुत गरेका थिए ।

यस्तै, प्रदर्शनमा कञ्चनपुरमा शुक्रबार प्रहरीले चलाएको गोली लागेर आन्दोलनकारीको ज्यान गएको घटनाको पनि बिरोध गरिएको छ ।