कर्णाली हाइटेक नर्सरी स्थापना गरिने


दिपेन्द्र शर्मा, सुर्खेत ।
कर्णाली प्रदेशका २४ वटा निर्वाचन क्षेत्रमा हाइटेक नर्सरी स्थापना गरिने भएको छ ।
कर्णाली प्रदेशको भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालयद्धारा यो प्रदेशका २४ वटा निर्वाचन क्षेत्रमा हाइटेक नर्सरी स्थापना गर्न लागीएको हो ।
मन्त्रालयले चालु आ.व.को वजेट मार्फत प्रदेश अन्तरगतका १० वटा जिल्लामा रहेका प्रदेश सभा निर्वाचन क्षेत्रका २४ वटा निर्वाचन क्षेत्रमा एक एक वटा पर्ने गरि २४ वटा हाइटेक नर्सरी स्थापना गरिने कर्णाली प्रदेश सरकारका प्रबक्ता एंवम भुमी ब्यवस्था,कृषि तथा सहकारी मन्त्री विमला केसीले वताइन । रु एक करोडको लगानीमा २४ वटा हाइटेक नर्सरी स्थापनाका लागी रु २४ करोड विनियोजन गरिएको मन्त्री केसीले जानकारी दिइन ।
प्रदेशका १० वटै जिल्लामा पहिला सम्भाब्यता अध्ययन गरेर कुन जिल्लामा के उत्पादन हुन्छ, त्यसैको आधारमा हाइटेक नर्सरी स्थापना गरिने उनले वताउनुभयो । सहकारी र स्थानिय तहसंग समन्वय गरेर नर्सरी संचालन हुने मन्त्री केसीले वताउनुभयो । केसीका अनुसार कार्यविधि निर्माण गरेर फलफुल तथा तरकारी नर्सरी संचालन गरिने छ ।
प्रदेशको हिमाली , पहाडी र प्रदेश राजधानी भएको जिल्ला सहितलाई तिन कलस्टरमा विभाजन गरेर स्थान सुहाउदो तरकारी तथा फलफुलको हाइटेक नर्सरी वनाउने उनले वताइन । मन्त्री केसीका अनुसार यसरी स्थापना गर्न लागीएको हाइटेक नर्सरी लाई तिन प्रकारका च्याम्बर चाहिन्छ । विरुवा अंकुरण÷उत्पादन च्याम्बर, इन्कुरेशन च्याम्बर र ग्रोथ च्याम्बरका लागी दुइ रोपनी जग्गा आबश्यक पर्छ ।