७ वर्ष पछि नेपाल चिन सिमा बैठक हुदै


किरन धामी, दार्चुला ।
७ वर्ष पछि चिनको स्वसासित क्षेत्र तिव्वतको ताक्लाकोटमा नेपाल चिन सिमा बैठक हुने भएको छ । दुई देशका सुरक्षा अधिकारीहरु विच भदौ १० गते शनिवार देखी तीन दिन सम्म बैठकको आयोजना गरिएको सुरक्षा स्रोतले जनाएको छ । यस अघि २०६८ सालमा नेपाल चिन सिमा सुरक्षा बैठक सम्पन्न भएको थियो ।
नेपाल चीन सीमा सुरक्षालाई प्रभावकारी बनाउन दुबै देशका उच्च सुरक्षा अधिकारी बीच छलफल हुने भएको छ । नेपाल चिन सीमा नाकाबाट हुन सक्ने मानव बेचबिखन, लागुपदार्थ ओसार पसार, वन्यजन्तुका अंगहरु निकासी, बहमूल्य जडीबुटी तथा अवैध सामाग्रीहरुको गैरकानूनी रुपमा ओसार पसार हुन नदिन दुबै पक्षले उच्च सर्तकता अपनाउने विषय छलफलको एजेण्डा तय गरिएको छ ।
आपसी सुचना आदान प्रदान गर्ने विषयमा समेत नेपाली अधिकारी तथा तिब्बतको बुराङ काउन्टीका अधिकारी विच बैठकमा छलफल हुने सुरक्षा स्रोतले जनाएको छ । यस्तै चिनिया पक्ष नेपाली भुमी चिन विरोधी गतिविधिका लागी प्रयोग नहोस भन्ने चाहना राख्दै आएको छ ।
बैठकमा सोे विषय चिनको तर्फ बाट छलफलको प्रमुख एजेण्डाको रुपमा रहने स्रोतको भनाई छ । बैठकमा भाग लिन दार्चुलाका प्रहरी प्रमुख डिएसपी नवराज अधिकारी, सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर दार्चुला नं ५० का गुल्मपति भिम बहादुर चन्द तथा सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशी लगायतको टोली तिब्बतको ताक्लाकोटका लागी विहिवार त्यस तर्फ प्रस्थान गरेको छ ।