बाघको आक्रमणबाट एकको मृत्यु


चितवन ।
माडी नगरपालिका–९ गोविन्दबस्तीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोबिन्दवस्ती निवासी ५६ वर्षीय जीतबहादुर राई रहेका छन् । राई बिहीबार गाईभँैसी चराउनका लागि गोविन्देश्वर सामुदायिक वनमा गएका थिए ।

वस्तु चराउन गएका राई साँझ अबेरसम्म घर नआएपछि खोजतलासका क्रममा आज बिहान ११ बजे शब भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार राई टाउको र एउटा फिला नभएको अवस्थामा भेटिएको र शवपरीक्षणका लागि भरतपुर ल्याइएको छ ।
रासस