घाँस काट्न गएका ब्यक्ति भिरमुनी मृत फेला


रामधन राई, खोटाङ ।
खोटाङमा घाँस काट्न भनेर हिँडेका एक ब्यक्ति मृत फेला परेका छन् । बाख्रालाई घाँस काट्न बिहीबार दिउसो घरबाट हिडेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ५६ वर्षीय वीरबहादुर बस्नेत शुक्रवार मृत फेला परेका हुन् ।
घरमा बिहानको खाना खाएर घाँस काट्न हिडेका बस्नेत बेलुका घर नफर्किएपछि खोजी गर्ने क्रममा बाघढुङ्गा भन्ने स्थानको भिरमुनी मृत फेला पारिएको आफन्तले बताएका छन् । शरीरको विभिन्न भागमा गहिरो चोट लागेको अवस्थामा मृत फेला परेका बस्नेतको घाँस काट्न खोज्दा चिप्लिएर लड्दा मृत्यु भएको प्रहरीको अनुमान छ ।
सयभिरमा रहेको घाँस काट्ने क्रममा चिप्लिएको जस्तो देखिने ठाउँबाट करीब सय मिटर तल बस्नेतको शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।
मृतक बस्नेत यसअघि शिक्षण पेशा गर्दै आएका थिए ।