मधेशमा कम्यूनिष्ट पार्टी रक्षात्मक अवस्थामा


कृष्णउदास खनाल, वीरगन्ज ।
मधेशमा कम्यूनिष्ट पार्टी रक्षात्मक अवस्थामा रहेको नेकपामा नेताहरुले बताएका छन् ।
साम्यवादी बिचारका प्रवर्तक कार्लमाक्सको द्विशतवार्षिकीको अवसरमा बीरगन्जमा ‘मधेशमा माक्र्सवाद’ बिषयक गोष्ठीका क्रममा नेकपाका नेताहरुले यस्तो बताएका हुन् । प्रदेश नम्बर २ को प्रदेश स्तरीय गोष्ठीमा सहभागी नेता तथा कार्यकर्ताहरुबीच माक्र्सवादको विषयमा व्यापक विचार विमर्श भएको थियो । खास गरी मधेसको प्रदेश नम्बर २ का ८ जिल्लाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको गोष्ठीमा मधेसमा देखिएको सामाजिक तथा राजनीतिक समस्या र समाधानको उपायको बारेमा नेकपाका नेता रामचन्द्र झाल आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्र प्रस्तुत गर्दै झाले मधेसमा अहिले कम्युनिष्ट पार्टी रक्षात्मक अवस्थामा मात्रै रहेको र जब सम्म वर्गीय आन्दोलन र वर्गीय चेतना तथा वर्गीय घृणाको चेतनालाई उठाउन सकिदैन, तब सम्म मधेसमा समाजवाद चुनौती रहेको बताए । उनले जातिवादले मधेसमा वर्गीय आन्दोलनलाई चुनौती दिएकोले वर्गको घेरा तोडेर जातको उम्मेदवारलाई भोट दिने प्रवृत्तिले मधेसमा वर्गीय आन्दोलन सफल हुन नसकेको बताए ।त्यस्तै कार्यक्रममा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै नेकपाका स्थायी समिति सदस्य घनश्याम भुषालले आधारभूत रुपले माक्र्सवादमा टेकेर आजको एक्काईसौं शताब्दीका चुनौति र सम्भावनाका नयाँ उचाईबाट नयाँ दिशा र बाटो बनाउनुपर्ने जिम्मेवारी रहेको बताए । आज फेरी आफ्नो औचित्यलाई पर्नपुष्टि गनुपर्ने ठाउँमा नेपालको कम्युनिष्ट पार्टी उभिएको बताए ।

इतिहासमा केही कमी कमजोरी भएपनि कम्युनिष्टको प्रवृत्ति भने गौरमपूर्ण रहेको उनको भनाई थियो । नागरिकहरुले आफ्ना अधिकार स्थापित गर्न जोड गर्ने तर राज्यले त्यो पूरा गर्न नसक्ने अवस्थामा उत्पन्न हुने तनावले नेपालका भावी दिन सबैभन्दा प्रभावित हुने र यसले हाम्रो लोकतान्त्रिक स्थिरतामा बाधा पु¥याईरहने साथै राष्ट्रिय एकतालाई कमजोर बनाउन सक्ने खतरा रहेको बताए ।यो अन्तरविरोध नै नेपाली क्रान्तिले समाधान गर्न नसक्ने प्रमुख चुनौती मानेको छ ।

कार्यक्रमको सभापतित्व गरेका नेकपाका नेता उमेश यादवले विषय प्रवेश गराउँदै पार्टी भित्रै पनि जातिवाद तथा शैक्षिक माफिया, मेडिकल माफियाहरुको बर्चस्व रहेकोले वर्गी समाज अगाडि आउन नकसकेको बताए । उनले नवउदारवादले समाजवादको बाटोमा जान नसकिन बताए । दोश्रो दिनको कार्यक्रममा घनश्याम भुषाल, रामचन्द्र झाले आफ्ना कार्यपत्र प्रस्तुत गरेपछि सहभागिहरुसँगको सवाल जवाफ पछि गोष्ठीको समापन भएको थियो ।