‘पैसा कमाउने नाममा उपभोक्ताको स्वास्थ्यमाथि खेलबाडलाई तह लगाइन्छ’

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
उद्योग, वाणिज्य तथा आपँर्तिमन्त्री मातृकाप्रसाद यादवले हालसम्म भएको बजार अनुगमन ‘प्रचारात्मक’ मात्र भएकोमा अब नागरिकले अनुभँत गर्ने गरी ‘क्रियात्मक’ शैलीमा अघि बढ्ने बताउनुभएको छ ।
बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै मन्त्री यादवले भिन्नशैलीमा बजार अनुगमन अगाडि बढाइने बताउनुभएको हो ।

गृह मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयसँगको समन्वयमा समेत बजार अनुगमन गरिन लागिएको जानकारी दिँदै मन्त्री यादवले ‘बजार शुद्धीकरणको अभियानमा सबैलाई साथ दिनसमेत आग्रह गर्नुभयो ।

‘एउटालाई समात्दा अरु पनि सुध्रिन्छन् भनेर हामीले केही व्यवसायीलाई पक्राउसमेत गरेका छौं । पैसा कमाउने नाममा उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेर अपराध गरिरहेका व्यवसायीलाई तह लगाउने अभियान हो । यसमा हड्ताल गर्नेलाई छुट हुँदैन ।’ मन्त्री यादवले भन्नुभयो । आपँर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागलाई हाल निकै कम मात्र अधिकार दिइएकोमा हाल संसदमा रहेको ‘उपभोक्ता हित संरक्षण विधेयक’मा विभागलाई उसले गरेको अनुगमनका आधारमा कारबाही पनि गर्न सक्ने गरी अधिकार सम्पन्न बनाइएको उहाँको भनाइ छ ।

‘हामीले निरन्तर अनुगमन गरिरहेको भए पनि नागरिकले अनुभँत गर्ने गरी किन नतिजा आएन भनेर विश्लेषण ग¥यौं । त्यसको मुख्य कारण त हालको ऐनमा नै समस्या रहेछ ।’ यादवको भनाइ छ ।

गत सोमबार कालीमाटी फलफँल तथा तरकारी बजारमा गरिएको अनुगमनपछि कृषि मन्त्रालयको समन्वयमा कृषकको खेतदेखि थोक तथा खुद्रा बिक्रेतासम्म तरकारी संकलन, ढुवानी र बिक्री गरिएको प्रक्रिया वैध भए नभएको, त्यस्तो प्रक्रियाभित्र बिक्री तह भए नभएको, बजारभित्रका तरकारी तथा फलफँल स्टलहरु अवैध रुपमा बेचबिखन भए नभएको सम्बन्धमा अध्ययन गर्न टोली गठन गरिएको मन्त्री यादवले बताउनुभयो ।

उक्त अध्ययन टोलीले अनुसन्धान कार्य अगाडि बढाइरहेको र प्रतिवेदन प्रँप्त भएपछि त्यसैअनुसार कारबाहीको प्रक्रिया अघि बढाइने उहाँको भनाइ छ।

प्रोबायोटिक इन्डस्ट्रिजका उत्पादन गुणस्तरहिन

निम्बस समँहद्वारा सञ्चालित प्रोबायोटिक इन्डस्ट्रिज प्रालिका उत्पादन गुणस्तरहिन भएको भन्दै कारबाही प्रक्रिया शुरु भएको छ ।

गत साउन २३ गते वीरगन्ज महानगरपालिका–२१ मा रहेको उद्योगमा मन्त्री यादवले गरेको आकस्मिक निरीक्षण गर्दा उक्त कम्पनीबाट उत्पादन भइरहेको तोरी, भटमास र सँर्यमुखीको प्रशोधित खानेतेल गुणस्तरहिन रहेको पाइएको थियो । निरीक्षणका क्रममा लिइएको नमुना गुणस्तर तथा नापतौल विभागको प्रयोगशालामा परीक्षण गर्दा उक्त तेल खान अयोग्य रहेको पाइएको छ । उक्त कम्पनीबाट उत्पादित खानेतेल गुणस्तरहिन भेटिएपछि कम्पनीलाई उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको मन्त्री यादवले बताउनुभयो ।

उक्त उद्योगबाट उत्पादित सनफ्लावर तेलमा एसिडको मात्रा शँन्य दशमलव ४ प्रतिशत हुनुपर्नेमा शँन्य दशमलव ६ प्रतिशतसम्म देखिएको छ । त्यसैगरी भटमासको तेलमा फ्रि फ्याक्ड एसिड दुई दशलमव २५ प्रतिशत हुनुपर्नेमा शँन्य दशमलव २८ प्रतिशत भेटिएको छ भने तोरीको तेलमा सल्फ्युरिक एसिडको मात्रा १ सय ६८ देखि १ सय ९३ सम्म हुनुपर्नेमा १ सय ९६ सम्म रहेको भेटिएको छ ।